‘समाचार लेख्दा पूर्वाग्राही ढंगले कारबाही भयो, झन सशक्त भएर कलम चलाउँछु’

संवाददाता
पुस १८, २०७८

हेटौंडा– नेपाल प्रेस युनियन मकवानपुरका साधारण सदस्य इन्द्रप्रसाद बञ्जरा (रमेश)ले समाचार लेखेकै कारण आफूलाई संगठनले कारबाही गरेको आरोप लगाएका छन् ।

उनले नेपाली कांग्रेस मकवानपुरका सभापती तथा बागमती प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँको समाचार लेखेकैं आधारमा आफुलाई प्रेस युनियनबाट निष्काशन गर्न खोजिएको आरोप लगाएका छन् ।

बञ्जराले आइतबार पत्रकार सम्मेलन गर्दै आफूमाथि संगठनले पूर्वाग्रही ढंगबाट निष्काशन गर्न खोजेको भन्दै बेथितिविरुद्ध झनै सशक्त भएर कलम चलाउने बताए । उनलाई नेपाल प्रेस युनियन मकवानपुरको सिफारिसमा केन्द्रीय कमिटीले कारबाही गरेको भन्दै शनिवार जिल्ला समितिले विज्ञप्ति जारी गरेको थियो ।

बञ्जरालाई प्रेस युनियन मकवानपुरले १० पुसमा संगठनको सिद्धान्त, आदर्श र हितविपरित काम गरिरहेको भन्दै सचेत गराउँदासमेत अटेर गरेकोले साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरेको विज्ञप्तिमार्फत जनाइको थियो ।

यता बञ्जराले भने समाचार लेखेकै आधारमा आफूलाई पूर्वाग्राही ढंगले कारबाही गरेको आरोप लगाएका छन् । उनले समाचार लेखेकै भरमा आफूलाई केन्द्रीय समितिले विधान विपरित कारबाहीको हल्ला गरेको र जिल्ला समितिलाई पत्राचार गरेको आफूले अनौंपचारिक जानकारी पाएको बताए ।

कांग्रेस सभापति बाँनियाको मात्र नभई गलत काम गर्ने जोसुकैंको समाचार लेखिरहेको र यसविरुद्ध निरन्तर कलम चलाउने धारणा राखेका छन् । संगठनमा व्यक्तिवादी स्वार्थ हावी भएको आरोप लगाए ।

बन्जाराले बिगत लामो समयदेखि संगठनलाई चुस्त र व्यवस्थित बनाउन जिल्ला पार्टी र संगठनका नेतृत्वलाई दबाब दिँदै आएको धारणा राखेका छन् । ‘म संगठनको साधारण सदस्य मात्रै हुँ । संगठन विधि र पद्धतिमा चलेको छैन । जस्ले विधि मान्दैन उसैले मलाई कारबाहीको सिफारिस गर्ने ? बन्जराले प्रश्न गरेका छन् ।

लामो समयदेखि संगठनलाई विधिमा चलाउ भनेर अनुरोध गर्दा आफुलाई अबैधानिक ढंगबाट प्रेस युनियनको साधरण सदस्यबाट समेत निकाल्ने प्रयास भएको उनको भनाई छ । बञ्जराले २०७८ साल जेठ ६ गते नै संगठनबाट आफूले राजीनामा दिएको जानकारी दिएका छन् । आफ्नो राजीनामाको बिषयमा कुनै छलफल र बहस नभएको बञ्जराले सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*