बागमती प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

संवाददाता
पुस १५, २०७८

हेटौंडा– बागमती प्रदेशको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा कृष्णराज पन्त नियुक्त भएका छन् । ९ पुसको मन्त्रिपरिषद् बैठकले पन्तलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

चितवन घर भएका पन्तलाई बुधवार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । नवनियुक्त उपाध्यक्ष पन्त नेकपा एकीकृत समाजवादीका चितवन अध्यक्ष हुन् ।

यसैगरी आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल नियुक्त भएका छन । लामिछाने नेकपा माओवादी केन्द्र र नेपाल नेपाली कांग्रेस निकट हुन् ।

लामिछानेलाई ९ पुसको र नेपाललाई बुधवार १४ पुसको मन्त्रिपरिषद् बैठकले आयोगको सदस्यमा नियुक्त गरेको हो । लामिछाने संविधानसभा सदस्यसमेत हुन् । आयोगको अध्यक्षमा भने मुख्यमन्त्री रहने व्यवस्था रहेको छ ।

आयोगमा अध्यक्ष र उपाध्यक्षसहित चार जना सदस्य गरी पाँच सदस्यीय रहने व्यवस्था छ । सरकारले हाल उपाध्यक्षसहित दुई सदस्य मात्रै नियुक्त गरेको छ । अन्य सदस्य समावेशिता क्षेत्रबाट महिला अनिवार्य रहने गरी नियुक्त गर्ने तयारी रहेको मुख्यमन्त्री पाण्डेका निजी सचिव अच्युत उपाध्यायले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*