प्रेस सेन्टर मकवानपुरको निर्णयः महिला पत्रकारलाई सुत्केरी भत्ता, अग्रजलाई उपचार खर्च

संवाददाता
पुस १०, २०७८

हेटौंडा । प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भएको अबस्थामा सुत्केरी भत्ता प्रदान गर्ने निर्णय गरेको छ ।

संगठनको शनिवार बसेको बैठकले पत्रकारको हितका निम्ति यी दुई निर्णय गरेको प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाले बताइन् ।

प्रेस सेन्टर मकवानपुरले सुत्केरी महिला पत्रकारलाई भत्ता प्रदान गर्न र ज्येष्ठ पत्रकारलाई स्वास्थ्य उपचार खर्च प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको जनाएको छ ।

संगठनकी जिल्ला अध्यक्ष अञ्जली थापाले एउटा कालखण्ड नै समाजको निम्ती ब्यतित गरिसकेको भएपनि पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले प्रेस संगठन मकवानपुरले अग्रज पत्रकारहरुको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको बताइन् ।

यसैगरी सुत्केरी अबस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै संगठनले सुत्केरी भत्ता दिने निर्णय गरेको अध्यक्ष थापाको भनाई छ ।

प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष थापाको अध्यक्षतामा भएको बैठकमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, प्रेस सेन्टर बागमती प्रदेश अध्यक्ष यदु गौतम, मुख्य सचिव ध्रुव अधिकारी, पत्रकार महासंघ बागमतीका महासचिव कृष्णसारु मगर लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*