माओबादी केन्द्र हेटौंडा उपमहानगरको अध्यक्षमा तीर्थ, कैलाशमा बालकुमार

संवाददाता
२०७८ मंसिर १५, बुधबार १६:०५

हेटौंडा– नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटीको अध्यक्षमा तीर्थबहादुर थापा मगर र कैलाश गाउँपालिकाको अध्यक्षमा बालकुमार मल्ल सर्वसम्मत निर्वाचित भएका छन् ।

सोमबार सम्पन्न पालिकास्तरीय अधिवेशनबाट निर्वाचित सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने क्रममा सर्वसम्मत अध्यक्ष चयन गरेको हो । मंगलबार हेटौंडा–४, गर्दोईस्थित पार्टी कार्यालयमा नगर कमिटीका नवनिर्वाचित सदस्यहरुमध्येबाट थापालाई सर्वसम्मत अध्यक्ष चयन गर्ने निर्णय भएको हो ।

यस्तै महिला उपाध्यक्षमा सोनी गुरुङ, कोषाध्यक्षमा तारा मुक्तान र सहसचिवमा राजकुमार बानियाँ सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार भएको नगर अधिवेशनबाट ७२ सदस्यीय नगर कमिटी चयन भएको थियो ।

नगर कमिटीका सदस्यहरुमध्येबाट पदाधिकारी चयन गर्ने कार्य जारी छ । नगर कमिटी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको नवनिर्वाचित अध्यक्ष तीर्थबहादुर थापा मगरले जानकारी दिए ।

१ जना सचिव पदका लागि ५ जना र २ जना उपाध्यक्षका लागि ५ जना आकांक्षी भएसँगै सर्वसम्मत चयनको प्रक्रिया पूरा हुन नसकेको जानकारी दिँदै अध्यक्ष थापाले सर्वसम्मत चयनको प्रयास जारी राख्ने बताए ।

नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष थापाले बताएका छन् । नगर कमिटीमा ९ जना सदस्य मनोनित गरी ८१ सदस्यीय नगर कमिटी गठन हुने व्यवस्था पार्टीको विधानमा रहेको अध्यक्ष थापाले बताए ।

हेटौंडा उपमहानगरसँगै सोमबार मकवानपुरको कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकामा पनि अधिवेशन भएको थियो ।

कैलाश गाउँपालिका कमिटीमा निर्वाचित ५५ जना सदस्यहरुमध्येबाट सोमबार नै बालकुमार मल्ललाई अध्यक्ष चयन गरेको छ भने उपाध्यक्षमा ठाकुर सिं थिङ, लालसिं गुरुङ र डबल तामाङ, सचिवमा कमल अर्याल, सहसचिवमा रबिन्द्र थिङ र सुजाता फुयाल, कोषाध्यक्षमा सुस्मिता दोङ चयन भएका थिए । मकवानपुरगढी गाउँपालिकाले भने पदाधिकारी चयन मंसिर १७ गते गर्ने जनाएको छ । समृद्धसमाजबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*