एमालेको केन्दीय सदस्यमा मकवानपुरका चार नेता निर्वाचित

संवाददाता
२०७८ मंसिर १५, बुधबार १५:५७

हेटौंडा– चितवनमा सम्पन्न नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनबाट मकवानपुरका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
एमालेको हालसम्मको महाधिवेशनबाट मकवानपुरका चार जना एकैपटक केन्द्रीय सदस्यमा निर्वाचित भएको यो पहिलो पटक हो ।

एमालेको केन्द्रीय सदस्यमा यो पटक मकवानपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहाल, एमाले मकवानपुरका नेता रामेश्वर राना, एमाले बागमती प्रदेश सदस्य तथा प्रदेशसभा सांसद जुनेली श्रेष्ठ र एमाले बागमती प्रदेश समिति सदस्य भारती पाठक रहेका छन् ।

यस अघि एमालेको केन्द्रीय कमिटीमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेल र राना अटाएका थिए । पौडेल यसवर्ष उमेद हदबन्दीका कारण कमिटीमा अटाएनन् ।

केन्द्रीय कमिटिमा जहिल्यै पनि पहुँच नरहेको भन्ने आरोप खेप्दै आएको एमाले मकवानपुरको लागि यो पटक स्वर्णिम अवसर जुरेको छ । सधै मकवानपुरे राजनीतिको अग्रभागमा रहेको एमाले मकवानपुरले यसअघि एकैपटक यो संख्यामा केन्द्रमा प्रतिनिधित्व प्राप्त गरेको थिए ।

मकवानपुरका ८ जना नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका थिए । तर, केपी शर्मा ओलीको सूचिमा चार जना मात्रै अटाउन सफल भए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*