एमाले मकवानपुर महाधिवेशन ऐतिहासिक बनाउन लाग्ने
हेटौंडा । चितवनमा हुने १० औं महाधिवेशनको तयारीको सन्दर्भमा नेकपा एमाले जिल्ला कमिटीको बिस्तारीत बैठक बसेको छ । पार्टीका जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको अध्यक्षता एबम स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको बैठक भएको हो ।
कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रायमाझीले अझै सम्म पनि एमाले अरु पाटीका तुलनामा एक नम्बरको पाटी रहेको बताएका छन् । दशैं महाधिवेशन सकिएपछि एमालेले संगठन विस्तार र पाटीका कामलाई महत्वपूण रुपमा अगाडी बढाउने बताए । पार्टी फूटबाट जोगाउन नसकेकाले माओबादी र समाजबादी फुटेर गएको उनले बताए ।
पार्टीबाट केही समुह चोइटिए पनि यो पाटी एक नम्बरको पाटीनै रहेको उनको भनाई छ । उनले अधिवेशन सफल बनाउन पार्टीको सम्पुर्ण शक्ति एक हुने बताए ।
महाधिवेशनका लागि विभिन्न समिति
नेकपा एमाले मकवापुरले केन्द्रिय महाधिवेशनमा सहभागिताका लागि जिल्ला अध्यक्ष बद्री प्रसाद लम्सालको संयोजकत्वमा २००१ सदस्यीय जनपरिचालन समिति निर्माण गरेको छ ।
त्यसैगरी सचिब एकालाल श्रेष्ठको संयोजकत्वमा र्याली व्यवस्थापन समिति, जिल्ला सदस्य बिश्वराज राइको संयोजकत्वमा यातायात ब्यबस्थापन संयोजक बिश्व राज राई, सचिवालय सदस्य नवीन सिग्देलको संयोजकत्वमा महाधिवेशन प्रचार प्रसार समिति, उपाध्यक्ष गोपाल श्रेष्ठको संयोजकत्वमा आर्थिक ब्यबस्थापन, उपसचिव लालबहादुर थापाको संयोजकत्वमा सास्कृतिक झाकी जातीय भेषभुषा ब्यबस्थापन समिति निर्माण गरिएको छ ।
यस्तै कार्यक्रममा सहभागिताका लागि मकवानपुरको बागमती गाउँपालिका सहजकर्तामा खेम जर्घा र शर्मिला बिक, बकैयामा कृष्ण चौलागाईं र बेलप्रसाद दाहाल, मकवानपुरगढीमा बिदुर हुमागाई र मेम्बर लो, भिमफेदीमा हिदम लामा र पार्वती राना, इन्द्र सरोबरमा डीके पुडासैनी, थाहानगरपालिकामा बिष्णु ढकाल र बुद्ध रत्न मानन्धर, कैलाशमा बच्छु ढुंगाना र बुद्धि बहादुर मोक्तान, मनहरीमा हेम उप्रेती र गौतम लामा, हेटौंडामा नवीन सिग्देल फुर्वा लामा, सुनिल मोक्तान, मदन दाहाल, ध्रुब चौलागाईंलाई जिम्मेवारी दिइएको सचिब एकालाल श्रेष्ठले बताए ।
यसैगरी प्रदेश कमिटीमा रहेका अणराज जर्घा र जयबहादुर वाइवालाई बागमती, पद्मा पौडेललाई बकैया, हर्कमाया रुम्बा र नबराज तिमल्सिनालाई मकवानपुरगढी, भगवती पुडासैनीलाई भीमफेदी, सुभाषचन्द्र ठकुरी, देबराज रिमाल, नारायण सापकोटालाई ईन्द्रसरोबर, सुभाषचन्द्र ठकुरी र बरिना बललाई थाहा, महेश बर्तौलालाई कैलाश, सुन्तली प्रजालाई राक्सिराङ, एकराज उप्रेती र श्याम ढकाललाई मनहरी, अनन्त पौडेल, रघुनाथ खुलाल र जुनेली श्रेष्ठलाई हेटौंडा उपमहानगरपालिका, मधुसुधन खतिवडा र अर्जुन अर्याललाई इलाका मजदुर र पेशागत महासंघको रधुनाथ खुलाललाई जिम्मा दिइएको छ ।
यस्तै सडकमा स्वागत द्वार, झन्डा, घडाहरु राख्ने, ब्यानर र पर्चा गाउँ गाउँ पुर्याउने, रेडियो टीभी अनलाइन तथा पत्रिकामा सूचना व्यापक बनाउनेलगायतका निर्णय गरेको नेकपा एमालेका जिल्ला सचिब एकालाल श्रेष्ठले जानकारी दिएका छन् ।