तिरतिरेमा सार्वजनिक शौचालय

संवाददाता
मंसिर २, २०७८

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ चौकिटोल तिरतिरेधारा नजिक सार्वजनिक सौचालय सञ्चालनमा आएको छ । स्थानीय मितेरी टोलविकास संस्थाको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा सार्वजनिक सौचालय सञ्चालनमा ल्याइएको हो ।

पहिले यस क्षेत्रमा सार्वजनिक रुपमा दिसा, पिसाव गर्नका लागि समस्या हुने, वरपरका जंगलमा जथाभावि फोहोर बढेपछी सार्वजनिक सौचालय सञ्चालनमा ल्याइएको छ । पहिले सवारीका साधनहरु रोकेर तिरतिरेधाराको चिसो पानी पिउन खोजेपनि सौच गर्न टाढा जंगलमा जानुपर्ने बाध्यता थियो । तर, अब भने सहज भएको मितेरी टोलविकास संस्थाका अध्यक्ष गिता तिमल्सीनाले बताइन् ।

सार्वजनिक सौचालय सञ्चालन कार्यक्रममा हेटौंडा–२ का वडा सदस्य रेणु गुरुङ, ओम बृद्धाश्रमका संरक्षक बुद्धीप्रसाद पौडेल, सुन्दर सामुदायिव वनका अध्यक्ष खेम राना, विश्वम्भेश्वर महादेव मन्दीरका अध्यक्ष बिश्वराज ढकाल, समाजसेवी किशोर ढकाल, फडिल्द्र तिमल्सीना, तारा ढुंगाना, उद्धबराज कडेल लगायतकाको आतिथ्यता रहेको थियो ।

सार्वजनिक सौचालय सञ्चालनमा आएसंगै वरपर हुने दुर्घन्ध समेत हट्दै गएको छ । यसैगरी मितेरी टोलविकास संस्थाले तिरतिरेधारालाई पनि थप व्यवस्थित वनाएको छ । उपमहानगरपालिकाको सहयोगमा तिरतिरेधारालाई व्यवस्थित वनाइएको हो । बिहान र साँझपख यस क्षेत्रमा ओहोर दोहोर गर्नेहरु धेरै भएकाले पुरानो धारालाई हरेक वर्ष मर्मत गर्दै व्यवस्थित वनाउँदै लगिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*