बागमतीको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी पेस

संवाददाता
कार्तिक १०, २०७८

हेटौंडा– नेकपा एकीकृत समाजवादीका संसदीय दलको नेता राजेन्द्र पाण्डेले बागमतीमा नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन् ।

चार दलीय गठबन्धनको नेतृत्व गर्दै पाण्डेले बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । प्रदेशसभा बैठकमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्रीबाट राजीनामा दिँदै नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेकी थिइन् । शाक्यको राजीनामा पछि प्रदेश प्रमुख शर्माले २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेका थिए ।

सरकारमा यसअघि विवेकशील साझलाई ल्याउने तयारी गरिएको थियो । विवेकशीलसँग ३ मत छ । गठबन्धन सरकार बनेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले बन्नेछ । प्रदेशसभाको १०९ सदस्यी प्रदेशसभामा एमालेका ४३ सांसद् छन् । नेमकिपाका र राप्रपाका २–२ सांसद छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*