मउवा संघको निर्वाचन जारी, २७ पदमा ५४ जना भिड्दै

हेटौंडा–निजी क्षेत्रको छाता संगठन मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व चयनका लागि आज मंगलबार निर्वाचन कार्यक्रम अन्तर्गत मतदान प्रक्रिया जारी छ ।
५४ र ५५ औं साधारण सभाबाट नेतृत्व चुन्नका लागि सोमबार उम्मेदवारी दर्ता, फिर्ता र दाबी विरोध सकिए लगतै आज मंगलबार बिहान ९ देखि ४ बजेसम्म मतदान प्रक्रिया अघि बढाइएको हो । २७ पदका लागि ५४ जनाको उम्मेदवारी दर्ता भएको छ ।
संघमा हुने २८ पद मध्ये एशासिएट तर्फको बहुर्राष्ट्रिय कम्पनीको प्रतिनिधित्वका लागि सदस्य पदमा हुने निर्वाचनमा एक जना निर्विरोध भएपछि २७ पदका लागि मतदान प्रक्रिया अघि बढाइने मुख्यनिर्वाचन अधिकृत इश्वरराज ढकालले बताए ।
संघको नेतृत्वका लागि अध्यक्षमा राजकुमार न्यौपाने र कृष्ण कुमार गुप्ताको उम्मेदवारी दर्ता भएको छ । न्यौपाने र गुप्ताले प्यानलनै घोषणा गरेर दुई साता अघिदेखि निर्वाचन अभियान चलाइरहेका छन् । बाणिज्यतर्फ उपाध्यक्षमा अनिल अग्रवाल र रामप्रसाद न्यौपानेको भीडन्त हुने निश्चित भएको छ ।
अग्रवाल, गुप्ता प्यानल र न्यौपाने, न्यौपानेकै प्यानलबाट उम्मेदवार बनेका हुन्। बाणिज्यतर्फ सदस्यहरुमा ७ जनाका लागि अनिल– भक्त श्रेष्ठ, कुलप्रसाद चौलागाईं, कृष्णप्रसाद ढुंगाना, जाबेद हुसेन, दामोदर पाठक, दीपक खत्री, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, बालकृष्ण बजगाईं, बिकेशलाल श्रेष्ठ, बिष्णुप्रसाद दाहाल, माधव ज्ञवाली, सुदर्शन खरेल र हरिनारायण ठाकुरसहित १४ जना र बाणिज्यतर्फ महिला आरक्षण सदस्यमा २ जनाका लागि निलम बैद्य, निलम पाण्डे, नेत्र कुमारी भट्ट, मनु दाहालले उम्मेदवारी दर्ता गरेको संघले जनाएको छ ।
पश्चिमी क्षेत्र आरक्षणमा एक जनाका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । जसमा कृष्णहरि बर्तौला, राजु राउत र राधिका सामरी पाण्डे चुनावी मैदानमा छन् । उद्योग उपाध्यक्षमा प्रमोदसिंह रानाभाट र प्रतिमा श्रेष्ठले उम्मेदवार रहेका छन् ।
उद्योगतर्फ खुला सदस्यमा चार जनाका लागि आठ जनाको उम्मेदवारी परेको छ । जसमा श्रीकृष्ण कर्माचार्य ९भाइ०, दीपक शिवाकोटी, नरेन्द्र भण्डारी, भुपेन्द्र अधिकारी, रुपकराज दाहाल, सन्तोषकुमार अर्याल, हरिप्रसाद ढकाल, ज्ञानेन्द्र बर्तौला, उद्योगतर्फ महिला आरक्षण सदस्यमा १ जनाका लागि मेनका श्रेष्ठ र सितादेवी भेटवालले उम्मेदवारी दिएका छन् ।
एशोसिएट तर्फ उपाध्यक्षमा उज्जवल चौलागाईं र बिष्णु खनाल चुनावी मैदानमा छन् । एशोसिएट सदस्यमा तीन जनाका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा अंकीता सुमार्गी, गणेशप्रसाद भेटवाल, नवराज खतिवडा, राजाराम कार्की, रामशरण दुलाल र राजु थापाले उम्मेदवारी दिएका छन् । एशोसिएट तर्फ सदस्य औद्योगिक क्षेत्र आरक्षणतर्फ दीपक उप्रेती र अशोक– कुमार राउतबीच प्रतिष्पर्धा हुनेछ ।
एशोसिएटतर्फ बहुर्राष्ट्रिय कम्पनीतर्फ शान्तिराम धिमाल निर्विरोध निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत ढकालका अनुसार बहुर्राष्ट्रिय कम्पनीतर्फ एक जनाका लागि धिमालको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
बस्तुगत उपाध्यक्षतर्फ राजु अधिकारी र काब्यमणि अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । बस्तुगत सदस्य तर्फ २ जनाका लागि ४ को उम्मेदवारी परेको छ । जसमा अजिव भट्टराई, तेजराज अधिकारी, पुष्पराज पुडासैनी र प्रदीप अर्यालले उम्मेदवारी दर्ता गराएको ढकालले जानकारी दिए ।
अध्यक्षमा दाबी गर्दै आएका महेन्द्र राउतले अन्तिम घडिमा आफ्नो उम्मेदवारी घोषणा फिर्ता लिँदै अग्रवाल प्यानललाई समर्थन गरेका छन् । निर्वाचनमा बाणिज्य, उद्योग, एशोसिएट र बस्तुगतर्फबाट २ हजार ९ सय ६ जना साधारण सदस्यले मतदान गर्नेछन् ।