किसानको हितमा काम गर्न सदैव तयार छुः मन्त्री लामा

संवाददाता
२०७८ कार्तिक ४, बिहीबार २२:२२

हेटौंडा–बागमती प्रदेशका भूमि व्यवस्था कृषि, तथा सहकारी मन्त्री चन्द्र लामाले प्रदेशका किसानहरुको हितमा काम गर्न आफू सदैव तयार रहेको बताएका छन् ।

कालिज पालक व्यावसायी कृषकहरुसँग बिहीवार हेटौंडामा छलफल गर्दै मन्त्री लामाले समग्र कृषि क्षेत्रको विकास र किसानहरुको हितमा काम गर्न आफू सरकारमा रहेको धारणा राखे ।

प्रदेशको पशुपंन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाको आयोजनामा कालिज पालनको अवस्था, समस्या र भविष्यमा गरिने कार्यक्रमहरुको बारेमा बिहीवार हेटौंडामा छलफल भएको थियो ।

कालिज पालनमा धेरै खालका चुनौती तथा समस्याहरु देखा परेकाले प्रदेश सरकारले आवश्यक सहयोग प्रतिबद्धता मन्त्री लामाले व्यक्त गरेका छन् ।

कालिज पालेर विदेश लैजानका लागि समस्या भएकाले संघीय सरकारसँग समन्वय गर्न प्रदेश सरकार तयार रहेको उनको भनाई छ । ‘बोल्ने मात्र भन्दा पनि किसानको हितका लागि काम गरेर देखाउँछु ।,’ लामाले भने ।

कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले कालिज पालन राम्रो व्यवसाय भएकाले यसलाई प्रदेश सरकारले सहयोग गर्ने बताए । कालिज पालनमा कानूनी अड्चनका कारण केही समस्या भएको उनको भनाई छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमिक्त निर्देशक डाक्टर राम प्रकाश प्रधानले कार्यक्रममा प्रस्तुती दिएका थिए । उनले कालिज पालनमा किसानको अकर्षण बढ्दै गएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*