हेटौंडेली अञ्जन विष्टले साफ फाइनल खेल्न नपाउने

संवाददाता
२०७८ आश्विन २८, बिहीबार १५:२६

हेटौंडा– नेपाललाई इतिहासमै पहिलो पटक साफ च्याम्पियनसीप–२०२१ को फाइनल पुर्याउन गोल गरेका हेटौंडेली स्टार अञ्जन विष्टले फाइनल खेल गुमाउने भएका छन् ।

दुई पटक पहेंलो कार्ड पाएका कारण अञ्जनले ऐतिहसिक खेलमा आफूलाई उपस्थित गराउन नपाउने भएका हुन् ।

करिब ३ दशकको इतिहासमा नेपालले दक्षिण एसियाकै सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफको फाइनल पुगेकाले उक्त खेल ऐतिहासिक महत्वपूर्ण छ ।

फाइनलमा नेपालले ७ पटकको साफ विजेता भारतसँग उपाधिका लागि ३० असोजमा कडा प्रतिस्पर्धा गर्नेछ ।

नेपाल भारतसँग यसअघि ०–१ गोलले पराजित बनेको थियो । नेपालले शनिवार बंगलादेशसँग खेल बराबरीमा रोक्दै उपाधि नजिक पुग्न सफल भएको थियो ।

आगामी शनिबार हुने फाइनलमा अन्जन नहुने भएपछि नेपाललाई घाटा हुनेछ । राम्रो खेल खेल्दै आएका एक महत्वपूर्ण फर्वाड बेञ्चमै बस्दा नेपाललाई भारतसामू थप चुनौती बन्ने पक्का छ ।

अञ्जनले बंगलादेशविरुद्धको खेलमा ४४ औं मिनेटमा पहेंलो कार्ड पाएका थिए । यसअघि उनले भारतविरुद्धको खेलमा पहेंलो कार्ड पाएका थिए । जारी साफमा अन्जनले नेपालका लागि २ गोल गरिसकेका छन् ।

श्रीलंकाविरुद्धको खेलमा पनि उनले एक गोल गरे । नेपालका लागि सर्वाधिक दुई गोल गर्ने अञ्जन छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*