बालबालिकालाई विकेशलालले दिए झोला

संवाददाता
२०७८ आश्विन २३, शनिबार ०७:३३

हेटौंडा । हेटौंडाका युवा व्यवसायी तथा नेपाली कांग्रेसका युवा नेता विकेशलाल श्रेष्ठले बालबालिकालाई अध्ययनका निम्ती झोला सहयोग गरको छ ।

भिमफेदी गाउँपालिकास्थित बालमन्दिर (बाल गृह) मा रहेका बालबालिकालाई विकेशलालले झोला वितरण गरेका हुन्।

श्रेष्ठले आफ्नी छोरी विभियानाको नाममा दर्ता गरेको ‘विभियाना फाउन्डेसन’ मार्फत भिमफेदी–६ मा रहेको बाल गृहमा आश्रित ३१ जना बालबालिकालाई झोला दिएका हुन् ।

नेपाल बाल संगठन केन्द्रीय अध्यक्ष विद्या न्यौपानेको प्रमुख आतिथ्यता र भिमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानाको विशेष आतिथ्यतामा बालबालिकालाई पैसा चिनाउने उदेश्यका साथ फाउन्डेसनले बालमन मार्केट कार्यक्रमको आयोजन गर्दै ३१ जना बालबालिकालाई २५ हजार बराबरको झोला वितरण गरेको हो ।

दशै तिहार छठ तथा ल्होसार पर्वको अवसरमा नेपाल बाल संगठन मकवानपुरको आयोजनमा झोला वितरण गरिएको श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा नेपाल बाल संगठन केन्द्रीय सदस्य दिलु घर्ती,संगठन मकवानपुर अध्यक्ष अशोक सारु मगर लगायत स्थानीय समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*