एमाले बागमती प्रदेश कमिटीमा मकवानपुरका २७ जना (नामावलीसहित)

संवाददाता
२०७८ आश्विन १४, बिहीबार १९:४७

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेश कमिटीले पूर्णता पाएको छ । आनन्द पोखरेल अध्यक्ष र खेम लोहनी सचिव रहेको ४ सय ७७ सदस्यीय प्रदेश कमिटी बनेको छ ।

कमिटीको इञ्चार्जमा एमाले केन्द्रीय सदस्य रामवहादुर थापा (बादल), सहइन्चार्जहरुमा काशिनाथ अधिकारी, अरुण नेपाल, शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ र डोरमणी पौडेल रहेका छन् । पौडेल बागमतीका निर्वतमान मुख्यमन्त्रीसमेत हुन् ।

यसैगरी एमाले प्रदेश कमिटीमा मकवानपुरका २७ जना नेता परेका छन् । प्रदेश कमिटीमा प्रतिनिधिसभा सदस्य तथा अर्थ विकास समिति सभापति कृष्ण प्रसाद दाहाल, राष्ट्रियसभा सदस्य रामचन्द्र राई, बागमती प्रदेशको सामाजिक विकास राज्यमन्त्री जुनेली श्रेष्ठ, पूर्व संविधानसभा सदस्य सुवास ठकुरी, पूर्व संविधानसभा सदस्य अनन्त पौडेल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, समिति उपप्रमुख भगवती पुडासैनी चयन भएका छन् ।

त्यस्तै, प्रदेश कमिटीमा मकवानपुरबाट महेश्वर सुवेदी, अणराज जर्गा, पद्मा पौडेल, कमल विष्ट, देवराज रिमाल, सुरेन्द्र पाठक, अर्जुन अर्याल, श्याम श्रेष्ठ, एकलाल श्रेष्ठ, जयराम वाइवा, नवराज तिमल्सिना, सुन्तली चेपाङ, दिल बहादुर घिसिङ, भोजराज ढकाल, भारती पाठक, श्याम ढकाल, नारायण सापकोटा, बरिना बल र बलराम कालाखेत अटाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*