दिमागलाई तेज बनाउन यी हुन् टिप्स

संवाददाता
अशोज १२, २०७८

काठमाडौं । हाम्रो दिमागको क्षमता बढाउनका लागि धेरै भन्दा धेरै चुनौतीको सामना गर्नुपर्छ । चुनौतीसँगै सुरु हुने मानसिक गतिविधिबाट मस्तिष्कको क्षमता बढ्ने देखिएको छ । यसले हियरिङ लस र डिप्रेशनबाट पनि बचाउँछ ।

हार्वड मेडिकलका न्यूरोलोजिस्ट डा। क्याथरिन पेपका अनुसार न्यूरोजेनेसिस प्रक्रियाबाट हाम्रो मस्तिष्कमा नयाँ कोशिका बन्छन् । जब तपाईं आफ्नो मानसिक क्षमतालाई चुनौती दिनुहुन्छ तब मष्तिष्क कोशिकाहरूको बीचमा नयाँ कनेक्सन बन्छ । यस्तो हुँदा हाम्रो दिमाग अधिक एक्टिभ हुन्छ र तीव्र गतिमा काम गर्छ ।

यस्ता छन् दिमागलाई तेज बनाउन गर्न सकिने टिप्सः

दुवै हातको प्रयोग गर्नुहोस्

न्यूरोबायोलोजिस्ट लरेन्स केट्जका अनुसार दुवै हातलाई बराबरी चलाउँदा सिर्जनात्मक र लजिकल थिंकिङको विकास हुन्छ । त्यसको लागि उल्टो हातबाट ब्रस गर्ने, कपाल कोर्दा या लेख्दा दुवै हातको प्रयोग गर्न सकिन्छ ।

नयाँ भाषा सिक्नुस्

आफूलाई जानकारी भएको भन्दा अन्य भाषामा पारंगत हुनका लागि वर्षौ लाग्छ । मस्तिष्कको अलग–अलग हिस्सालाई सक्रिय नबनाई कुनै अर्को भाषा सिक्न सम्भव छैन । यसले मस्तिष्कलाई धेरै एक्टिभ बनाउँछ ।

जापानी खेल ‘अरिगेमी’ ले पनि बनाउँछ मस्तिष्कलाई एक्टिभ

कागजबाट विभिन्न कलाकृति बनाउने वर्षौं पुरानो जापानी खेल आँरिगेमीले पनि दिमागमा सकारात्मक असर पार्छ । यसमा गणित, विज्ञानजस्ता विषय पनि समेटिने भएकाले हाम्रो मस्तिष्कलाई एक्टिभ राख्न मद्दत गर्छ ।

शारीरिक रुपमा सक्रिय हुनुस्

शारीरिक रुपमा सक्रिय हुँदा पनि दिमाग तेज हुने धेरै अध्ययनहरुले देखाएका छन् । अध्ययनकर्ताका अनुसार शारीरिक कसरतले दिमागमा अक्सिजनको सर्कुलेशन तेज बनाउँछ । जसकारण दिमाग एक्टिभ हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*