आफूले जेल हालेका पुरुषहरूले बदला लिने डरमा लुक्दै अफगानिस्तानका महिला न्यायाधीश

सीएनएन । दोब्रिएका परम्परागत हिजाब तान्दै चुल्होमा प्याज तारिरहेकी आमाको ध्यान तान्न दुई कलिला दिदीबहिनीले कुहिनाले धकेले र हाँसे ।
आफ्नो ६ महिने बहिनीसँगै ती दुई दिदीबहिनी अहिले तालिबानबाट उनीहरूले सामना गरिरहेको खतरादेखि बेखबर छन् । तालिबान अफगानिस्तानका नयाँ शासक ।
उनीहरूकी आमा नाबिला नयाँ शासनद्वारा काममा नफर्किन आदेश दिइएका २५० महिला न्यायाधीशहरूमध्ये एक हुन् । तालिबानले महिलालाई उच्च पदहरूमा काम गर्न छुट दिएको छैन ।
उनको सुरक्षाको लागि सीएनएनले नाबिलाको पहिलो नाम मात्र प्रयोग गरेको छ । नाबिलाले उनलाई केवल कट्टरपन्थीहरूबाट मात्र नभई एकपटक उनले जेलमा थुनेका पुरुषहरूबाट पनि प्रतिशोधको डर भएको बताइन् । जब उनीहरू सत्तामा आए, तालिबानले कारागारका ढोकाहरू खोले, हजारौँ अपराधीहरूलाई छोडे ।
“अहिले हामीले सुरक्षित महसुस गरेका छैनौँ, तिनै अपराधीहरू मेरो र मेरो परिवारको पछि परिरहेका छन्,” नाबिलाले भनिन्, “उनीहरूले बदला लिन खोजे भगवान्ले रोकून् ।”
अमेरिका आधारित महिला न्यायाधीशहरूको संघ इन्टरनेसनल एसोसिएसन अफ वीमिन जजेज (आईएडब्ल्यूजे)की न्यायाधीश वनेसा रुइजका अनुसार मध्य अगस्टमा तालिबानले सत्ताकब्जा गरेपछि केही दर्जन महिला न्यायाधीशहरूले अफगानिस्तान छोडे । जो त्यहाँ छुटे, उनीहरू लुकिरहेका छन् ।
पूर्वअफगान सरकार मातहत काम गरेका पुरुष र महिला सबै न्यायाधीशहरू अहिले तालिबानका नियुक्तिहरूबाट विस्थापित भएका छन् । तर, महिला न्यायाधीशहरू पुरुषलाई अधिक महत्व दिने शासनको विशेष निसानामा पर्ने भनी डराएको रुइजले बताइन् ।
अधिकांश महिला न्यायाधीशले बलात्कार, हत्या एवं घरेलु दुर्व्यवहारलगायत महिला हिंसाविरुद्ध खराब मुद्दाहरूको नेतृत्व गरेका थिए । “उनीहरूलाई जेल हाल्ने जो कोही न्यायाधीशप्रति उनीहरू रिसाएका हुन सक्छन् । तर, महिलाको साथमा आधिकारिक अधिकार थियो र पुरुषको फैसलामा बसे, पूर्ण रूपमा असम्बद्ध आदेशको क्रोध हो,” रुइजले भनिन् ।
ती महिलाहरूको लागि सुरक्षित स्थान खोज्न आईएडब्ल्यूजे र अरू संगठनहरू दौडधुप गरिरहेका छन् । तर, उनीहरू धेरै ढिला हुनुअघि नै अमेरिका र पश्चिमा राष्ट्रहरूबाट अझै धेरै सहयोगको आवश्यकता रहेको बताउँछन् ।
‘आफ्नो आमा मारिएको देख्न सक्दैनन्’
अफगानिस्तानका महिला न्यायाधीशहरूको लागि तालिबानले देश कब्जा गर्नुअघिदेखि नै जोखिमहरू थिए । रोयटर्सका अनुसार जनवरी महिनामा सर्वोच्च अदालतका दुई न्यायाधीशहरूमाथि काबुलमा अज्ञात बन्दुकधारीहरूबाट गोली प्रहार भयो, यद्यपि तालिबानले जिम्मेवारी लिन अस्वीकार गर्यो । त्यति बेलादेखि नै अफगान महिलाहरू र पूर्वसरकारसँग सम्बद्ध मानिसविरुद्ध भएको खतरा अझै बढेको छ ।
गत हप्ता संयुक्त राष्ट्रसंघको मानवअधिकारका लागि उच्च आयुक्त ९यूएन हाइ कमिसनर फर ह्युमन राइट्स० माइकिल ब्याचलिटले उनको कार्यालयले तालिबानहरू पूर्वअफगान सरकारका विशिष्ट सरकारी अधिकारीहरू र अमेरिकासँग सहकार्य गरेका मानिसलाई खोज्न ढोकाढोका चहारेका थुप्रै आरोपहरू सुनेको मानवअधिकार परिषद्लाई बताएकी थिइन् । यसबाहेक महिलाहरूलाई क्रमिक रूपमा सार्वजनिक क्षेत्रबाट निकालिएको र थुप्रै पेसागत क्षेत्रहरूमा प्रतिबन्ध लगाइएको उनले बताइन् ।
नाबिलाले मृत्युको धम्की पाएको धेरै नभएको बताइन् । “तालिबान काबुलमा आएको एक या दुई दिनपछि मेरो व्यक्तिगत नम्बरमा सम्पर्क गरियो र मलाई बदला लिने धम्की दिइयो, हत्या गर्ने धम्की दिइयो,” उनले भनिन् ।
उनले आफ्नो फोन नम्बर रद्द गरिन् । अहिले उनको परिवार जासुसीबाट बच्न केही दिनमै एक घरदेखि अर्को घर सरिरहेको छ ।
अर्की न्यायाधीश बीबी तालिबान काबुल प्रवेश गरेदेखि आफ्ना तीन सन्तानसँगै लुकिरहेकी छन् । “मेरो सबैभन्दा खराब डर मेरा बालबच्चा हुन्।।।। उनीहरूले आफ्नो आमा मारिएको देख्न सक्ने छैनन्,” बीबीले भनिन् । जसले सुरक्षाको कारणले गर्दा आफ्नो पहिलो नाम मात्र प्रयोग गरेकी छन् ।
“हामी राम्रोसँग सुतेका छैनौँ, हामीले राम्रोसँग खाएका छैनौँ । हामी केवल पर्खन्छौँ, हामीले सामान्य मानिसजसरी बाँच्न छाडेका छौँ,” उनले भनिन् ।
बीबीले काबुल पतन भएजस्तै हतारमा आफ्नो कार्यास्थल छोड्नुपर्यो र आफ्नो कार्यालयमा फर्कन असमर्थ भइन्, जहाँ उनको सबै कामका कागजात र फोटोग्राफ, फोन नम्बर, घरको ठेगानालगायत व्यक्तिगत सूचनाहरू छन् ।
उनी तालिबानसँग डराउँछिन् अथवा पूर्वबन्दीहरूसँग । उनीहरूले ती सूचना बीबीहरूलाई पछ्याउन प्रयोग गर्न सक्थे । “उनीहरूलाई लाग्छ कि मलाई पत्ता लगाउनु, कुट्नु, मार्नु उनीहरूको अधिकार हो, उनीहरूलाई कसैसँग डराउनु पर्दैन,” उनले भनिन् ।
दुवै नाबिला र बीबी र उनीहरूका परिवारहरू आईएडब्ल्यूजेसहितका संगठनहरूको सहयोगमा अफगानिस्तान छोड्न प्रयास गरिरहेका छन् । तर, प्रगति सुस्त छ ।
“उनीहरूले आफूसक्दो सबै गरिरहेका छन्, तर उनीहरूको स्रोत–साधन सीमित छ,” रुइजले भनिन् । उनले पश्चिमा देशहरूलाई अझै धेरै गर्न आग्रह गरिन् ।
“सरकारहरू अफगानिस्तानमा खतरामा रहेका मानिसलाई तत्काल प्रवेश दिन खुलस्तभन्दा योग्य, बढी छरितो, बढी उदार हुन आवश्यक छ,” रुइजले भनिन्, “तपाईंहरूले आपत्कालको बेला औपचारिक झन्झट हटाउनुपर्छ र हामी आपत्कालसँग जुधिरहेका छौँ ।”
अमेरिकी सरकारबाट वित्तपोषित न्यायिक शिक्षाबाट दर्जनौँ न्यायाधीशहरू उत्तीर्ण भएकाले ती महिलालाई विशेषगरी अमेरिकाले सहयोग गर्न प्रयास गर्नुपर्ने रुइजको भनाइ छ । “धेरै तरिकाले उनीहरूको हामीसँग सम्बन्ध छ, यसले उनीहरूलाई जोखिममा राख्छ,” रुइजले भनिन् ।
अमेरिकाले अगस्ट ३१ को समयसीमापछि पनि अमेरिकी, अफगान र अरू नागरिकलाई काबुलबाट उद्धार गरिरहेको जनाएको छ । गएको दुई हप्तामा काबुलबाट दुई उद्धार उडान गरेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताए ।
“उनीहरूले अफगानिस्तान छोड्न चाहेमा हामीले अन्य देशमा गरेजस्तै जहाँ हामीले हाम्रो दूतावासमा उद्धार गरेका छौँ, हामीले अमेरिकी र अफगानलाई सहयोग गर्न निरन्तरता दिनेछौँ, जोसँग हामीले विशेष प्रतिबद्धता जनाएका छौँ,” ब्लिङ्कनले भने, “यस मिसनको लागि कुनै समयसीमा छैन ।”
‘तालिबानले मलाई खोज्दै छन्’
अहिलेसम्म केवल केही दर्जन महिला न्यायाधीशहरूले अफगानिस्तानबाट भागेर सुरक्षित हुन सफल भएका छन् । एक अनुभवी न्यायाधीश आठ भतिजा–भतिजीसहित आफ्नो परिवारसँग काबुलबाट पोल्यान्ड उड्न सफल भइन् । तर, यो सहज यात्रा थिएन ।
“धेरै ठूलो भिडसँगै दुई रात विमानस्थलको प्रवेशद्वारमा बसेँ र मसँग थुप्रै केटाकेटी थिए,” उनले भनिन् । जसले अझै अफगानिस्तानमा रहेका आफ्ना परिवारका सदस्यहरूको सुरक्षाको लागि नाम बताउन चाहिनन् ।
“काबुल विमानस्थलमा बिताएका तीन दिन र दुई रात मेरो जीवनको सबैभन्दा खराब रातहरू हुन्, तर हामी यसैबाट गुज्रियौँ । मसँग जिउनुभन्दा अर्को आशा थिएन,” उनले भनिन् । तालिबानले पछ्याउने प्रयास गरेपछि उनले देश छोड्नुपरेको उनलाई थाहा थियो ।
“छिमेकीहरूलाई मेरो बारेमा सोध्दै पाँचजना तालिबान मेरो क्षेत्रमा आएका थिए,” उनले भनिन्, “जब मैले तालिबान मेरो पछि लागेका छन् भन्ने थाहा पाएँ, म त्यस ठाउँबाट नयाँ ठाउँमा सरेँ, किनभने म एकदमै डराएकी थिएँ, यदि उनीहरूले मलाई भेट्टाए भने ।”
आफ्नो परिवारको लागि डराउनु त छँदै छ, ती महिलाहरू कडा परिश्रम गरी पाएको पेसागत सफलताको पनि शोक मनाइरहेका छन् ।
“म अहिले सबै गुमाएको महसुस गर्छु,” ती अनुभवी न्यायाधीशले भनिन्, “कल्पना गनुस् त, तपाईंसँग व्यक्तित्व छ, जागिर छ, घर छ, कार छ, एउटा जीवन र सबैथोक छ र हठात् आफूले ज्यानमा लगाएको एकजोर लुगासँग देश छोड्दा तपाईं कस्तो महसुस गर्नुहुन्छ रु”
‘हामी उनीहरूलाई त्याग्न गइरहेका छैनौँ’
अफगानिस्तानमा छोडिएकाहरूमा नैराश्य र डर बढिरहेको छ । “हामी जो पछाडि छोडियौँ, हामीले हाम्रो रिस र असन्तुष्टि व्यक्त गर्छौँ,” बीबीले भनिन् ।
“हमी हाम्रो काम गर्ने अधिकारबाट वञ्चित भयौँ,” नाबिलाले भनिन्, “हामी हाम्रो लागि अफगानिस्तानमा बस्न असम्भव पाउँछौँ ।”
आईएडब्ल्यूजेकी रुइजले प्रत्येक महिला न्यायाधीश सुरक्षित नभएसम्म हार नमान्ने बताइन् । “हामीले उनीहरूलाई त्याग्न गइरहेका छैनौँ । उनीहरूलाई भुल्न गइरहेका छैनौँ । र, हामीले विश्वलाई उनीहरूलाई बेवास्ता गर्न दिन गइरहेका छैनौँ,” रुइजले भनिन्, “हामीले यो काम पूरा नभएसम्म रोक्ने छैनौँ र त्रासमा रहेको अफगानिस्तान छोड्न चाहने प्रत्येक महिला न्यायाधीश त्यसो गर्न सक्षम छन् ।”
खतराको बाबजुद नाबिला उनले छनोट गरेको पेसाको पथमा समर्पिछ छिन् र एक दिन बेन्चमा फर्किने आशा गर्छिन् । “मैले छनोट गरेको र धेरै वर्ष पढेको यस क्षेत्रप्रति म कुनै पश्चताप् गर्दिनँ” नाबिलाले भनिन्, “हामीले धेरै वर्ष हिंसा, उत्पीडन र अन्यायका विरुद्ध लड्न काम गर्यौँ र म मेरो कामलाई निरन्तरता दिन चाहन्छु ।”
अफगानिस्तानका अति कमजोर महिलाहरूलाई संरक्षण गर्ने र त्यो पुस्ता, जसले नयाँ शासनअन्तर्गत अँध्यारो वास्तविकताको सामना गरिरहेको छ, आफ्ना छोरीहरूको सुन्दर भविष्य सिर्जना गर्ने तीव्र चाहले नाबिलाको बहादुरीलाई डोर्याएको छ ।
बाह्रखरी डटकमबाट