‘उत्तर कोरियाद्वारा फेरि जापानको समुद्रमा मिसाइल प्रहार’
काठमाडौं । उत्तर कोरियाले एकपटक फेरि जापानको समुद्रमा मिसाइल प्रहार गरेको बताइएको छ । दक्षिण कोरियाको सेनाले उत्तर कोरियाले आज बिहान कम्तीमा एउटा मिसाइल प्रहार गरेको दाबी गरेको हो ।
त्यो मिसाइल जापानको समुद्रमा गएर खसेको उसको दाबी छ । उत्तर कोरियाले दक्षिण कोरियासित वार्ताको इच्छा देखाएको भनिएको भोलिपल्ट यो खबर सार्वजनिक भएको हो ।
बीबीसीका अनुसार यसअघि यही महिनामा उत्तर कोरियाले जापानकै समुद्रमा नयाँ क्रुज र ब्यालिस्टिक मिसाइल पनि प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको थियो ।