कांग्रेस हेटौंडा उपमहानगर कमिटीमा संस्थापन पक्षको प्यानल नै निर्वाचित

संवाददाता
अशोज १०, २०७८

नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका कमिटीमा संस्थापन पक्षको प्यानल नै विजयी भएको छ । संस्थापन र संस्थापनइतरको दुई प्यानल बनाएर नगरमा निर्वाचन भएको थियो ।

निर्वाचनबाट नगरको सभापतिमा उत्सव इटेनीको प्यानल नै निर्वाचित भएको हो । सचिवमा हेटौंडाका चर्चित युवा नेता सविन न्यौपाने विजयी भएका छन् । उनी हेटौंडा–१ को वडा अध्यक्षसमेत हुन् ।

शनिबार भएको हेटौंडा उपमहानगरपालिकाको नगर अधिवेशनमा सभापतिमा इटेनीले संस्थापन इतरको प्यानलका महेन्द्र राउतले पराजित गरेका हुन् । इटेनीले दुई सय ८४ मत प्राप्त पाउँदा राउतले एकसय ३२ मत मात्रै ल्याए ।

उपसभापतिमा संस्थापन प्यानलबाट रामकृष्ण कोइरालाले ३ सय मत र डोल्मा स्याङ्बोले २ सय ५७ मत पाउँदै जित निकालेका थिए । संस्थापन इतरको प्यानलका उपाध्यक्ष उम्मेदवार ज्योती कोइरालाले १ सय २६ र शेशन गोलेले ९३ मत मात्रै पाए ।

यसैगरी सचिवमा सविन न्यौपानेले २ सय ९७ मत पाएका थिए । अर्को सचिवमा हर्करत्न लामाले २ सय २२ मत पाएर विजयी भए । संस्थापनइतरका सचिव उम्मेदवार कुमार पोखरेलले १ सय ६३ मत र गंगा प्रसाद पौडेलले १ सय १० मत मात्रै पाएका थिए ।

त्यसैगरी सहसचिव पदमा निगम श्रेष्ठले २ सय ५८ मत र विकास बानियाँले २ सय ६५ मत पाउँदै विजयी भए । अर्को प्यानलका सहसचिव पदका उम्मेदवार अञ्जनी पराजुलीले १ सय ५७ मत र राजकुमार जोशीले ८४ मत मात्रै पाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*