‘द घोस्ट’ मा अभिनय गर्दै ज्याकलिन फर्नान्डिज

एजेन्सी । नागार्जुनको फिल्म ‘द घोस्ट’ मा बलिउड तथा साउथ फिल्मकी अभिनेत्री काजल अग्रवालले काम नगर्ने भएकी छन् ।
पछिल्लो केही समययता काजल गर्भवती भएको चर्चा चल्न थालेको छ । नागार्जुनको फिल्ममा काजलले काम नगर्ने भएपछि उनी गर्भवती भएको आशंका झन् बढेको छ ।
फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन् । काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् ।