गायिका इन्दिरा जोशीले ’सुटुक्क‘ गरिन् इन्गेजमेन्ट

संवाददाता
२०७८ आश्विन १०, आईतवार ०७:४६

काठमाडौं । गायिका इन्दिरा जोशीले इन्गेजमेन्ट गरेकी छन् । इन्दिराले खुम्बु पुगेर ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी हुन् ।

जोशीले आफ्नो प्रेमीलाई औँठी लगाइदिएको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । उनले फेशन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । इन्दिराले यसअघि आफू प्रेम सम्बन्धमा रहेको बताउने गरेपनि प्रेमीको नाम भने खुलाएकी थिइनन् ।

उसो त उनले इन्गेजमेन्ट भएकोबारे पनि आफैँले सार्वजिनक रुपमा अहिलेसम्म भनेकी छैनन् ।

उनीहरुको इन्गेजमेन्ट भएको भिडियो भने क्याप्टेन विवेक थापाको टिकटक अकाउन्टमार्फत सार्वजनिक गरिएको छ । थापाले ‘एक्स्कुलुजिभ’ लेखेर भिडियो सार्वजनिक गरेका छन् । उनले ‘दुवै जनालाई उज्वल भविष्यको कामना’ पनि भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*