पूर्वप्रधानमन्त्री माधव नेपाल आज हेटौंडा आउँदै

संवाददाता
२०७८ आश्विन ९, शनिबार ०८:३६

हेटौंडा\ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल आज शनिबार हेटौंडा आउने भएका छन् ।

एमालेबाट छुट्टिएर नयाँ दल एस बनाएपछि नेपाल पहिलो पटक हेटौंडा आउन लागेका हुन् । नेता नेपालको उपस्थितिमा भोली नेकपा एस मकवानपुर जिल्ला कमिटीको शपथ ग्रहण हुनेछ । ‘पार्टी जिल्ला कमिटी घोषणासभालाई सम्बोधन गर्न माधव नेपाल आज हेटौंडा आउँदै हुनुहुन्छ ।,’ नेकपा एककृीत समाजवादी पार्टी जिल्ला अध्यक्ष श्रीधर पोखरलले भने ।

केही समयअघि भएको जिल्ला कमिटी बैठकले श्रीधरलाई जिल्ला अध्यक्षमा चयन गरिएको थियो । घोषणासभा कार्यक्रमको तयारी सकिएको उनले बताएका छन् । कार्यक्रमलाई नेकपा एसका केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश इञ्चार्ज केदार न्यौपाने, केन्द्रीय सदस्यहरु विरोध खतिवडा, ललित बस्नेतलगायतले सम्बोधन गर्ने छन् ।

भोली नेकपा एस हेटौंडा उपमहानगरपालिका कमिटी, अनेरास्ववियू, अनेमसंघ, युवासंघका विभिन्न कमिटीहरु घोषणा गरिने अध्यक्ष पाख्रेलले सोधिखोजीलाई जानकारी दिएका छन् ।

नेकपा एस मकवानपुरले जिल्लास्थित पालिका कमिटी र वडा कमिटी निर्माण गर्दै संगठन विस्तारमा जुटेको छ । घोषणा सभापछि जिल्लास्तरमा पार्टीको संगठन विस्तारलाई तीव्रता दिने नेकपा एस मकवानपुरकी उपाध्यक्ष मिनाकुमारी लामाले जानकारी दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*