हिमालयन बैंकको डलर प्रिपेड कार्ड आयो

संवाददाता
२०७७ चैत्र १७, मंगलवार १६:३७

काठमाडौं । हिमालयन बैंकले अन्तराष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबीएल डलर प्रिपेड कार्ड’ प्रचलनमा ल्याएकोे छ । यस सुविधा अन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रि–पेड कार्ड सुविधा प्राप्त गर्न सक्दछन् ।

यस कार्ड सुविधाबाट खातावालाहरुले भारतबाहेक अन्य देशहरुको ई–कर्मस साइटहरुबाट वर्षमा एक पटक वा पटक–पटक गरी अमेरिकी डलर पाँच सय बराबर सम्मको वस्तु तथा सेवा खरिद गरी अन्लाइन भुक्तानी गर्न सक्नेछन् ।

इच्छुक ग्राहकले यस सेवाका लागि आफू नजिकैको शाखा वा मुख्य कार्यालय कमलादीमा रहेको कार्ड विभागमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*