डिजिटल बैंकिङ्गलाई ‘डिजिटल मुद्रा’मा परिणत गर्ने योजना छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भविष्यमा डिजिटल मुद्रा आउने दावी गरेका छन् । नेपाल बैंकर्स संघ र प्रदेश २ का प्रमुखसहितको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अहिले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै जानुपर्ने र भविष्यमा डिजिटल मुद्रामा परिणत गर्ने योजना रहेको बताएका हुन् । अहिले संसारभर झिप्टो करेन्सी, बिटक्वाइन जस्ता डिजिटल मुद्राहरुको बिगबिगी बढिरहेको छ ।
गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंकले जनताको पूँजीको जिम्मेवारी लिएकोले यसलाई जनताको हितमा अधिकतम उपयोग गर्ने कर्तव्य भएको विचार व्यक्त गर्दै आर्थिक रुपमा विपन्न तर काम गर्न सक्षम र उपयुक्त योजना÷प्रस्ताव सहित ऋणको अपेक्षा गर्ने जो कोहिलाई पनि निरुत्साहित नगर्ने र उद्यमशीलतालाई प्रवद्र्धन गर्ने प्रतिबद्धता जाहेर गरे । उनले प्रदेश नं २ मा विकासको सम्भावना प्रचुर रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा प्रदेश प्रमुख डा. राजेश अहिराजले बैकमा खोलिने खाता, खाता नभई जनतासंगको नाता भएकाले यसलाई बलियो बनाउने, खासगरी आर्थिक रुपमा विपन्नलाई संस्थागत सामाजिक उत्तरदायित्व तथा अन्य बैंकिङ्ग सेवाको माध्यमबाट नाता सुदृढ गर्ने र गाउँ टोलसम्म बैंकिङ्ग सेवा विस्तार गरी जनताको घरदैलोसम्म बैंकिङ्ग सेवाको पहुँच विस्तार गर्नेमा जोड दिए । साथै, क्षेत्रगत रुपमा आ–आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व र अन्य लगानीको माध्यमबाट प्रदेशका साथै देशको विकासमा थप टेवा पु¥याई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षामा यस क्षेत्रको योगदान अभिबृद्धि गर्ने विचार पनि व्यक्त गरे ।
वैदेशिक रोजगारमा गई विप्रेषण भित्र्याउनु लज्जाको विषय भएकोले, विदेशिने र प्रतिभा पलायनको समस्यालाई मध्यनजर गरी बैंकहरुले रोजगारजन्य पक्षमा जोड दिनुपर्ने र यस तर्फ बैंकिङ्ग समुदायको ध्यानाकर्षण हुनुपर्नेमा उनको जोड थियो । कृषि क्षेत्रमा स्रोतको अभावलाई पूर्ति गरी किसानलाई खेतीमा सहयोग गर्नुपर्ने भन्दै सरोकारवालाहरुसंग नीतिगत समन्वय गरी बैंकिङ्ग क्षेत्रसंग सहकार्य गर्न सदैव तत्पर रहने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रमा कार्यरत सबैले उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।
साथै, नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकिङ्ग क्षेत्रले विगतका कमी कमजोरी हटाउदै अगाडी बढ्ने प्रतिबद्धता जहेर गरेका थिए ।