एफपीओ जारी गर्न सारथी लघुवित्तले बोलायो साधारण सभा

संवाददाता
चैत्र ११, २०७७

काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्न साधारण सभा बोलाएको छ । कम्पनीले एफपीओ जारी गर्ने एजेण्डासहित वैशाख ३ गतेका लागि वार्षिक साधारणसभा बोलाएको हो ।

कति मूल्यको कति कित्ता एफपीओ जारी गर्ने भन्ने नखुलाए पनि कमपनीले साधारण सभाको एजेण्डामा सर्वसाधारणलाई छुट्याइएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृति लिई एफपीओ जारी गर्ने भनेको छ ।

सारथी नेपाल लघुवित्तले साधारणसभाबाट ८.१३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पास गर्दैछ । कम्पनीको चुक्ता पुँजी २३ करोड ५३ लाख रुपैयाँ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*