एनसेल र वाइवाइ जस्ता कम्पनीलाई आकर्षित गर्न बुक बिल्डिङ –गिरी

संवाददाता
चैत्र १०, २०७७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले एनसेल तथा वाइवाइ जस्ता राम्रा कम्पनीहरुलाई पुँजी बजारमा आकिर्षत गर्न बुक बिल्डिङ विधि अघि सारिएको बताएका छन् । हाल सर्वाेत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिँदै बजारका राम्रा कम्पनीहरुलाई पुँजी बजारमा सूचिकृत गराउन बुक बिल्डिङ फलदायी हुने अपेक्षा समेत व्यक्त गरे ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले बुक बिल्डिङ विधिबारे बोर्डका कार्यकारी निर्देशक गिरीसँग गरेको सम्वाद कार्यक्रममा उत्पादन मुलक नयाँ कम्पनीहरुलाई पनि पुँजी बजारमा सूचिकृत गराउने उदेश्यले बुक बिल्डिङ विधि अघि सारेको बताएका हुन् । उनले ‘बजारले नै कम्पनीको मूल्य निर्धारण गरोस भन्ने उदेश्यले बुक बिल्डिङ बिधि ल्याएका हौं । योग्य संस्थागत लगानीकर्ताहरुलाई अघि सारेर मूल्य निर्धारण गरिन्छ । एनसेल र वाइवाइ जस्ता कम्पनी पनि आउनेछन् भन्ने अपेक्षा छ’, गिरीले भने ।  उनले कम्पनीका प्रमोटरहरुले उचित मूल्य पाउने, लगानीकर्ताको पनि लगानी विविधिकरण हुने तथा राम्रा कम्पनीहरुलाई पुँजी बजारमा सूचिकृत हुने भएकाले बुक विल्डिङ विधि नयाँ आयाम हुने दावी पनि गरे ।

धितोपत्र निष्कासनको लागि गराएको रेटिङमा औसत भन्दा माथि अर्थात् औसत भन्दा कम जोखिम भएको चुक्ता पुँजीको डेढ गुणा बढी नेटवर्थ भएका र पछिल्लो ३ आर्थिक वर्षमा लगातार मुनाफामा गएका कम्पनीले मात्रै बुक बिल्डिङ विधिबाट आइपीओ जारी गर्नसक्ने जानकारी उनले दिए । उक्त विधिबाट आइपीओ निष्कासन गर्न सर्वसाधारण लगानीकर्तालाई जोखिम हुनसक्ने भन्दै कुल निष्कासन हुने धितोपत्रको ४० प्रतिशत अनिवार्य संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्ने र बिक्री निष्कासन भएको ६ महिनासम्म संस्थागत लगानीर्ताले सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ । साथै संस्थागत लगानीकर्ताका लागि तय भएको ‘कट अफ मुल्य’ को १० प्रतिशत कम मुल्यमा सर्वसाधारणलाई बिक्री गर्ने व्यवस्था गरिएको छ ।

पहिले अनिवार्य रुपमा २५ प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था रहेपनि बोर्ड केही समय अगाडि मात्रै चुक्ता पुँजीको १० प्रतिशत मात्रै प्रारम्भिक सार्वजनिक निष्कासन गर्नसक्ने व्यवस्था गरेको छ ।

यसैबीच, सर्वोत्तम सिमेन्टले आइपीओ जारी गरेको ३ महिना भित्रमा नै २५ प्रतिशत नगद र १० प्रतिशत बोनस सहित ३५ प्रतिशत लाभांश दिने दाबी गर्दै आएकामा नेपाल धितोपत्र बोर्डले आफूले यस्तो गतिविधि नियालीरहेको बताएको छ । अन्तक्र्रियाका क्रममा उठेको प्रश्नको जवाफ दिँदै बोर्डका कार्यकारी निर्देशक गिरीले भने, “कुनै पनि कम्पनीले हाम्रो क्षमता यति छ भन्न सक्छ तर ‘यो समयमा यति लाभांश दिन्छौं’ भन्न मिल्दैन ।” सर्वोत्तम सिमेन्टको उक्त प्रचारलाई बोर्डले ‘¥याडर’मा राखेको उनले बताए ।

छलफलबाट नाफिजमा आवद्ध आर्थिक पत्रकारले नयाँ विषयमा बारेमा सिक्ने अवसर पाएको, यसले समाचारको गुणस्तरमा पनि सुधार आउने नाफिजको अध्यक्ष मोदनाथ ढकालले बताए । अन्तरक्रियामा उपस्थित हुन नसक्नेका लागि नाफिजको फेसबुक लाइभमार्फत् हेर्ने व्यवस्था मिलाइएको थियो । नाफिजले हरेक साता आर्थिक पत्रकारिताका नयाँ विषयमा ‘नाफिज संवाद’ चलाउँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*