नवनियुक्त महान्यायाधिवक्ताद्वारा शपथ ग्रहण

संवाददाता
चैत्र ८, २०७७

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश जबराले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारी उच्च अधिकारीहरुको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले यही चैत ६ गते बडाललाई नियुक्त गरेकी थिइन । तत्कालीन महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि महान्यायाधिवक्तामा बडाललाई नियुक्त गरिएको हो । सरकारको प्रमुख कानूनी सल्लाहकारका रुपमा महान्यायाधिवक्ताले काम गर्नुपर्ने हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*