म योग्य महिला हुँ, बैंकहरुले मार्जिन लेण्डिङलाई संकुचन गर्दै जानेछन्ः डेपुटी गभर्नर ढुंगाना

डा. निलम ढुंगाना तिम्सिना
२०७७ चैत्र ४, बुधबार २०:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकको वरिष्ठ डेपुटी गभर्नर हुन्, डा. निलम तिम्सिना ढुंगाना । भारतको राजस्थानस्थित मेवाड युनिभर्सीटीबाट ‘बैंक लेण्डिङ बिहेभिअर एण्ड मनिटरी ट्रान्समिसन मेकानिजम इन नेपाल’ विषयमा पीएचडी गरेकी ढुंगानालाई सरकारले फागुन २५ गते डेपुटी गभर्नर नियुक्त गरेको थियो ।

नेपाल राष्ट्र बैंकमा तेश्रो नम्बरको कार्यकारी निर्देशक रहेकी ढुंगानासँग सिंहदरबारले उनको नियुक्ती र भावी योजनाबारे लिएको संक्षिप्त प्रतिक्रियाः

–महिला भएर मात्रै होइन, योग्य महिला भएर डेपुटी गभर्नर नियुक्त भएको हुँ ।
–अन्तराष्ट्रियस्तरका विवेकशिल नियमनलाई बुझेर लागु गर्ने प्रयास गर्नेछु ।
–२०० अर्बको तरलता झरेर ४० अर्बमा खुम्चिएको छ ।
–अन्तर बैंक ब्याजदर ३.४० प्रतिशत भएको छ । अल्पकालिन तरलता व्यवस्थापनका उपायहरु अवलम्बन गर्छाै ।
–बैंकहरुले मार्जिन लेण्डिङलाई संकुचन गर्दै जानुहुनेछ ।
–बैंकहरुले लगानी कहाँ गरिररहेका छन् भन्नेबारे सुपरभिजन डिपार्टमेन्टले हेरिरहेको छ ।
–कोरोनाकालमा दिएका सुविधाहरु अब पुनरावलोकन हुँदै जानेछन् ।
–बिग मर्जरबाट ‘सीनर्जिक इफेक्ट’ आउँछ ।
–एउटा बैंकमा एउटा बैंक हुन्छ भन्ने सर्वमान्य सिद्धान्त हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*