१२ लाख ९८ हजार कित्ता एफपीओ जारी गर्दै किसान लघुवित्त, कति पर्ला मूल्य ?

संवाददाता
फाल्गुन २७, २०७७

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब १३ लाख कित्ता एफपीओ जारी गर्ने भएको छ । यस अघि सर्वसाधारणलाई छुट्ट्याइएको सेयरमध्ये बाँकी रहेको १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ जारी गरेर बिक्रि गर्न लागेको हो ।

१० करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तको नेप्सेमा ३९ लाख २८ हजार कित्ता सेयर मात्रै सूचिकृत छ। यस अघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता सेयर जारी गरेको थियो । अब थप करिब १३ लाख कित्ता सेयर एफपीओ मार्फत बिक्रि गर्न लागेको हो।

कम्पनीमा संस्थापक सेयर धनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत रहेको छ। संस्थापक तर्फ २३ लाख ५६ हजार कित्ता सेयर रहेको छ।

कम्पनीको सेयर नेप्सेमा प्रति कित्ता एक हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ। अब कम्पनीको एफपीओको मूल्य कति हुने हो भन्ने एकिन भैसकेको छैन् । कम्पनीले भने यसअघि एफपीओ जारि गरेको अनुभव बटुलेको मर्चेन्ट बैंकरलाई प्रस्तावित शुल्कसहित सम्पक गर्न भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*