पौडेलले टेलिकमको सञ्चालकमा उम्मेदवारी दिने, भन्छन्ः सबैभन्दा धेरै प्रतिफल दिने कम्पनी बनाउन सघाउँछु

संवाददाता
फाल्गुन २५, २०७७

काठमाडौं । अम्बिका प्रसाद पौडेलले नेपाल टेलिकमको सञ्चालकमा उम्मेदवारी दिने भएका छन् । पौडेलले चैत्र २३ मा हुने साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक सदस्यको निर्वाचनमा सहभागी हुने भएका हुन् ।

नेपाल टेलिकममा सञ्चालकको रूपमा प्रतिनिधित्व गर्न सके व्यवस्थापन र सरकारी निकायबाट प्रतिनिधित्व गर्ने सञ्चालक बीच समन्वय कायम गर्ने प्रतिबद्धता गरेका छन् । उनले भने, “मेरो लगानी सम्बन्धि ज्ञान अनुभव र बुद्धि विवेकको उच्चतम प्रयोग गरी नेपाल टेलिकमलाई उत्कृष्ट सेवा प्रदायक, उत्कृष्ट नाफा गर्ने कम्पनी र लगानीकर्ताहरूलाई दिने प्रतिफलमा समेत अब्बल बनाउनको लागि समन्वयकारी भूमिका निभाउने प्रतिबद्धता ब्यक्त गर्दछु ।”

नेपाल टेलिकममा नेपाल सरकार ९१.४९ प्रतिशत , सर्वसाधारण सेयरधनीहरु र कर्मचारीहरुको ८.४८ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत स्वामित्व रहेको कम्पनी हो । १५ अर्ब चुक्ता पूँजी भएको यो कम्पनीको असार मसान्त सम्मको सञ्चित मुनाफा ७८ अर्ब भन्दा बढी रहेको छ भने स्थिर सम्पत्तिको हिसावले सबैभन्दा धनी कम्पनी हो ।

पौडेलका अनुसार नेपाल टेलिकमले आफ्नो पुँजी र सञ्चित मुनाफा र स्थिर सम्पत्तिलाई सही किसिमले परिचालन गर्न सकेको खण्डमा सरकारलाई सबै भन्दा बढी राजश्व दिने,कर्मचारीहरुलाई सबैभन्दा बढी बोनस दिने र लगानीकर्ताहरुलाई सबै भन्दा बढि प्रतिफल दिने र पुँजीबजारको सबैभन्दा उत्कृष्ट सुचिकृत कम्पनी हुन सक्ने देखिन्छ।

उनले १३ गते आर्मी अफिसर्स क्लबमा हुने साधारण सभामा उपस्थित भई आफूला मतदान गर्न तथा साधारणसभामा उपस्थित हुन नसकेमा प्रोक्सी दिई सहयोग गर्न आग्रह गरेका छन् ।

पौडेल नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*