फेरी बढ्यो सुनको भाउ, अब कति ?

संवाददाता
फाल्गुन २४, २०७७

काठमाडौैं । सोमबार पनि सुन चाँदीको मूल्य वृद्धि भएको छ । आइतबारको तुलनामा सोमबार छापावाला सुनको मूल्य प्रतितोला एक सयले बढेर ८६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार त्यस्तो मूल्य प्रतितोला ८६ हजार एक सय रुपैयाँ थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार तेजावी सुनको मूल्य पनि आइतबारको तुलनामा सोमबार प्रतितोला १०० रुपैयाँले बढेर ८५ हजार ७५० रुपैयाँ पुगेको छ । सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर एक हजार २६५ रुपैयाँ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*