मिर्मिरे लघुवित्तले एफपीओ जारी गर्ने, लगानीकर्तालाई ९.६७ प्रतिशत लाभांश

संवाददाता
फाल्गुन २४, २०७७

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि एफपीओ जारी गर्ने भएको छ । कम्पनीले चैत १८ गते वार्षिक साधारणसभा डाकेको छ । साधारण सभाले ९.१९ प्रतिशत बोनस सेयर र र ०.४८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय पास गर्नेछ ।

प्रतिशत नगद लाभांश पनि पारित गर्ने छ। सभामा सञ्चालकको नयाँ नियुक्ति र राजीनामाको जानकारी तथा अनुमोदन गर्ने पनि एजेण्डा छ। सोही साधारण सभाले स्वेडा लघुवित्तलाई गाभ्ने एजेण्डा पास गर्नेछ । स्वेडालाई गाभेपछि बन्ने सेयर संरचना मिलाउनका लागि प्रिमियममा एफपीओ जारी गर्नेछ ।

स्वेडालाई गाभेपछि संस्थापक र साधारण सेयरधनीको हिस्सा तलमाथि भए त्यसलाई मिलान गर्न प्रिमियममा एफपीओ जारी गर्ने पनि एजेण्डा साधारणसभामा लगिँदैछ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*