डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति

संवाददाता
फाल्गुन २१, २०७७

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको २० प्रतिशत लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेको छ । डिप्रोक्सको माघ २८ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको थियो ।

सञ्चालक समितिको सो निर्णयलाई राष्ट्र बैंकले फागुन २० गते स्वीकृति दिएको हो । अब कम्पनीको साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*