एक हजारले घट्यो सुनको भाउ

संवाददाता
फाल्गुन २०, २०७७

काठमाडौं । स्थानीय बजारमा बिहिबार सुनको मूल्य तोलामा नै एक हजारले ओरालो लागेको छ । तोलामा ८७ हजार ५०० मा बुधबार कारोवार भएको छापावाला सुन बिहिबारका लागि भने ८६ हजार ५०० मूल्य निर्धारण भएको छ ।

त्यसैगरी बुधबार ८७ हजार ५० मा कारोवार भएको तेजाबी सुन बिहिबार। लागि भने तोलामा ८६ हजार ५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । साथै बुधबार एक हजार ३१५ मा कारोवार भएको चाँदी आजका लागि भने तोलामा एक हजार २८५ मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*