‘३३ वर्ष भूमिकाअनुसार धर्म निभाएँ, स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ’

चिन्तामणि शिवाकोटी
फाल्गुन १८, २०७७

सम्मानित केन्द्रीय बैंकको गरिमामय डेपुटी गभर्नरको पदको कार्यकाल पुरा गरी मिति २०७७ फाल्गुण १८ देखि सेवानिवृत्त भएको छु ।

५ वर्ष डेपुटी गर्भनर सहित ३३ वर्षको कार्यकालमा म जुनजुन भूमिकामा रहेँ सोही अनुरुपको धर्म निभाए । अनुचित सुविधाहरु आफ्नो पक्षमा पार्न इमान्दारिता र स्वाभिमानलाई कहिल्यै सौदाबाजी गरिन र स्वार्थका कन्तुरमा विवेकलाई बन्धकी राखिनँ ।

वित्तीय स्थायित्व कायम गर्ने नेपाल राष्ट्र बैंकको उद्देश्य पुरा गर्न र दण्डहिनता तोड्न मैले निष्ठापूर्वक कार्य गरे । मितव्ययिता, पारदर्शिता र जवाफदेहितालाई मुलधारमा राखेर पद्धति अनुरुपको कार्यलाई पक्षपोषण गरे । केन्द्रीय बैंकको अस्मिता चीरहरण हुन खोज्दा यस्को स्वायत्तताको रक्षार्थ आवाज उठाइ रहें । समग्र वित्तीय क्षेत्र र कार्यरत संस्थाको हीतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरु बीच समन्वय र सहकार्यमार्फत उल्लेखनिय अनुभव हासिल गरे । कर्मचारी मित्रहरु र सेवाग्रहीहरुसँग सकेसम्म उदारतापूर्वक मित्रवत व्यवहार गरें । सानो चित्त गरिनँ । पटक पटक म माथि आरोप, प्रत्यारोपका प्रयत्नहरु भए तर म कहिल्यै निराश र हतोत्साही भइनँ बरु ती झुटका पुलिन्दाहरुले उल्टै मलाई अग्रगमनका लागि ऊर्जा प्रदान गरे ।

विदाइको यो संघारमा मलाई जिम्मेवारी दिने र सो पूरा गर्न सहयोग गर्ने नेपाल सरकार र नेपाल राष्ट्र बैकप्रति सदा आभारी छु । मेरो कार्यकालमा मलाई सहयोग गर्ने र सद्भाव राख्ने गभर्नरज्यूहरु र सञ्चालकज्यूहरु, सम्पूर्ण कर्मचारी मित्रहरु, बैंकरहरु, दातृ निकाय, सरोकारवाला संघ संस्था, पत्रकार बन्धुहरु र शुभेच्छुकहरुलाई अन्तरआत्मा देखिनै धन्यवाद दिन चाहान्छु । निर्णय तहमा रहेर काम गर्दा सबैको चित्त बुझाउन नसकिएको हुन सक्छ । मबाट जान अन्जानमा कुनै कमी कमजोरी भएको भए वा मेरो कामकारवाहीबाट कसैलाई चोट पुगेको भए माफी चाहान्छु ।

(नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले आफ्नो पाँच वर्षे (कुल ३३ वर्ष) कार्यकाल पुरा गरी राष्ट्र बैंकबाट बाहिरिएपटि सामाजिक सञ्जालमा राखेको अभिव्यक्ति)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*