सुनको मूल्य एकै पटक १७ सयले घट्यो, चाँदीको कति ?

संवाददाता
२०७७ फाल्गुन १८, मंगलवार ११:३८

काठमाडौं । मंगलबार सुनको मूल्य एकै पटक १७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलाको १७ सय रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ८७ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदी मूल्य पनि ४० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*