ग्रीन लाइफको आईपीओ बाडफाँट, तपाईलाई पर्यो ?
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। शुक्रबार सम्पन्न बाँडफाँट अनुसार तीन लाख २५ हजार १६५ जना आवेदकले १०।१० कित्ता सेयर पाएका छन् ।
दुईजना आवेदकले भने गोला प्रथाबाट थप एक एक कित्ता गरि ११।११ कित्ता सेयर पाएका छन् । ९ लाख ९३ हजार ८ सय ९४ जना आवेदकको हात भने खाली भएको छ।
बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीन लाइफको आइपीओमा कुल १३ लाख २२ हजार ९७१ वटा आवेदन परेको थियो ।
कम्पनीले माघ २३ देखि २७ सम्ममा आईपीओ खुलाएको थियो ।