हिमालयन जनरल इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई ६.७५ प्रतिशत लाभांश

संवाददाता
२०७७ फाल्गुन ४, मंगलवार ११:०३

कामठाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले ६.७५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लगानीकर्तालाई सो मात्रामा लाभांश दिने निर्णय गरेको हो ।

फागुन ३ गते बसेको कम्पनी सञ्चालक समिति बैठकले लगानीकर्तालाई ३ प्रतिशत बोनस सेयर र ३.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) दिने निर्णय गरेको हो ।

एक अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीका लगानीकर्ताले ३ कराृड २० लाख ४८ हजार ७ सय रुपैयाँको बोनस सेयर र ४ करोड ६० हजार ८ सय रुपैयाँको नगद लाभांश(करसहित) पाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*