डिप्रोक्स लघुवित्तको २० प्रतिशत लाभांश प्रस्ताव

संवाददाता
२०७७ माघ २९, बिहीबार १४:२६

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यो वर्ष कुल २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्ष ०७६/७७ को सञ्चित मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५४ लाख ३३ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २८ गतेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*