प्रेस चौतारी मकवानपुरको कार्ययोजना प्रस्तुत, १२ जना चौतारीकर्मीलाई बधाई ज्ञापन

हेटौंडा । प्रेस चौतारी नेपाल मकवानपुरले आफ्नो वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । आज बिहीवार हेटौंडामा आयोजित बधाई तथा शुभकामना एवम् वार्षिक कार्ययोजनामाथि छलफल कार्यक्रममा कार्ययोजना प्रस्तुत गरिएको हो ।
प्रेस चौतारी नेपाल मकवानपुरकी अध्यक्ष सरिता दाहालले प्रस्तुत गरेको मकवानपुरको बार्षिक कार्ययोजनामाथि छलफल भएको थियो ।
कार्ययोजनामा प्रेस चौतारी मकवानपुरको कार्यालय निर्माणको लागि जग्गा खोजी तथा भवन निर्माण कार्यदेखि पत्रकारहरुको सम्मान र पुरस्कारको लागि अक्षय कोष स्थापना, चौतारी उपचार कोष स्थापना गर्ने, ६/६ महिनामा चौतारीकर्मीको लेखन समीक्षा गर्ने कार्ययोजनमा समेटिएको छ ।
कार्यक्रमको अबसरमा प्रेस चौतारी नेपालको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर राना, पार्टी जिल्ला सचिव सिता विष्टले केन्द्र र प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरुलाई खादा, टिका लगाएर बधाई पत्र प्रदान गर्दै शुभकामना व्यक्त गरेका थिए ।
चौतारी मकवानपुरले संघठनको केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका शिभकुमार रिजाल काशी, पुष्पराज अधिकारी, आयोग सदस्यहरु उज्वल अधिकारी र आरती ढकाललाई बधाई पत्रसहित सम्मान गरिएको थियो ।
साथै, प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटिको महासचिवमा प्रकाश दाहाल , कोषाध्यक्षमा रामशरण दुलाल र सदस्यहरु विवश अधिकारी, रुपक कालिराज, रविन ढुंगाना र सुनिता विष्टलाई बधाई पत्रसहित शुभकामना दिईएको थियो ।
कार्यक्रममा सञ्चारिका समुह बागमती प्रदेशमा सर्वसम्मत चयन भएकी प्रेस चौतारीकर्मी नानीमाया सापकोटा र सञ्चारिका समुह मकवानपुरमा अध्यक्षमा सर्वसम्मत चयन भएकी निशा गुरुङ्लाई पनि बधाई पत्र सहित शुभकामना प्रदान गरिएको थियो ।
प्रेस चौतारी मकवानपुरकी अध्यक्ष सरिता दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले धारणा व्यक्त गरे । कार्यक्रममा प्रेस चौतारी मकवानपुरका उपाध्यक्ष शिव चौलागाईंले स्वागत मन्तव्य राखेका थिए ।