हेटौंडाका बर्तौला अडान बागमती प्रदेश अध्यक्षमा लगातार तेस्रोपटक चयन

संवाददाता
बैशाख ७, २०८२

हेटौंडा– रामकुमार बर्तौला लगातार तेस्रो कार्यकालको लागि नेपाल अडिटर्स एसोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा चयन भएका छन् । शनिबार हेटौंडामा सम्पन्न अडानको सातौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।

बर्तोला पहिल्यैको दुई कार्यकालको सफलतापछि पुनः यस पदमा चयन भएका हुन् । नयाँ कार्यसमितिमा उपाध्यक्षका रूपमा द्वारिका रिजाल, लव प्रसाद सुवेदी, र माधव प्रसाद बास्तोला चयन भएका छन् । सचिवको जिम्मेवारी तेजप्रसाद रुपाखेतीलाई दिइएको छ ।

कोषाध्यक्षका रुपमा मणिप्रसाद सुवेदी, सहसचिवको पदमा लेखराज सापकोटा र सहकोषाध्यक्षको पदमा इन्द्रमणी गैरे चयन भएका छन् ।

यसका साथै, २५ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत रुपमा चयन गरिएको छ । जसमा राजेन्द्र प्रसाद उप्रेती, याम प्रसाद काफ्ले, तेज प्रसाद आचार्य, मोहन प्रसाद पौडेल र भेषराज कोइराला लगायत व्यक्तिहरुको नाम समावेश छन् ।

नेपाल अडिटर्स एसोसिएसनका केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको यस कार्यक्रमको विशेष अतिथिमा अडानका निवर्तमान केन्द्रीय अध्यक्ष र सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराई, र विशेषज्ञ समितिका संयोजक सूर्य प्रसाद अधिकारीको उपस्थिती रहेको थियो।

कार्यक्रममा अडानका तृतीय उपाध्यक्ष झलकमणि लम्साल, उपाध्यक्ष प्रदिप कुमार यादव, बहादुर सिंह बिष्ट, महासचिव प्रेम कुमार श्रेष्ठ, उपमहासचिव हरि बहादुर कार्की, र अन्य केन्द्रीय सदस्यहरु पनि उपस्थित थिए ।

बागमती प्रदेश सल्लाहकार समितिका संयोजक रोहित कुमार झा र सल्लाहकार सकुल कुमार श्रेष्ठ पनि कार्यक्रममा विशेष अतिथि रहेका थिए ।

नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकमा सल्लाहकार समितिको संयोजकमा रोहित कुमार झा, विशेषज्ञ समितिको संयोजकमा सकुल कुमार श्रेष्ठ र अनुशासन समितिको संयोजकमा भेषराज कोइरालालाई चयन गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*