मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

संवाददाता
चैत्र २४, २०८१

हेटौंडा । मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर–९ खरङ्गा स्थित पुर्व पश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर–२ संगमटोल बस्ने ५८ वर्षिय जित बहादुर प्रधानको आज बिहान मृत्यु भएको हो ।

काठमाडौंतर्फबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नंबरको गाडी रोखि बाहिर शौचालय जानको लागि बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नंबरको बसले प्रधानलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

बसले ठक्कर दिएर घाइते भएपछी उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालले बताए । बस चालक धादिङ सिद्वलेक गाउँपालिका वडा नम्बर–३ बस्ने २६ वर्षिय मोहन थापा मगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*