इन्द्रसरोबरको बतासेमा टाटासुमो दुर्घटना, ३ जना गम्भीर घाइते

संवाददाता
चैत्र १९, २०८१

हेटौंडा– रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको सुमो मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित बतासेमा दुर्घटना भएको छ। दुर्घटनामा परी १० जना घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी(कुलेखानी(सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधबार दिउँसो ना१ज ५४८५ नम्बरको सुमो ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो । दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा १ जना घाइतेको अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको डिएसपी अर्यालले बताए । थप उपचारको लागि घाइतेलाई काठमाडौं पठाइएको र घाइतेहरूको पहिचान हुन बाँकी रहेको छ । घट्नाको बारेमा थप अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*