बागमती प्रदेश सभाबाट तीन वटा विधेयक पारित

संवाददाता
अशोज ७, २०८१

हेटौंडा । बागमती प्रदेश सभाको बैठकबाट विभिन्न तीन वटा विधेयक पारित भएको छ । प्रदेश सभाको विभिन्न समितिबाट प्रतिवेदन पारित भएर आएको तीन वटा विधेयकलाई आज अपराह्न बसेको दोस्रो बैठकबाट सर्वसम्मतिबाट पारित गरिएको हो ।

बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरेको हो ।

बैठकमा प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, कृषि तथा पशुपंक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र उद्योग, वाणिज्य, भूमी तथा सामान्य प्रशासनमन्त्री सुकुमाया तामाङले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई पारित गरियोस् भनि पेश गरेका थिए ।

प्रदेश सभाको हिजो असोज ६ गते आइतबार बसेको बैठकमा उक्त विधेयको प्रतिवेदन पेश गरिएको थियो भने आजको बैठकले सो प्रतिवेदनमाथि छलफल गरी तीनै वटा विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो ।

प्रदेश सभाको बैठक अर्को सूचना जारी नएसम्मका लागि स्थगित भएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*