जंगली च्याउ खाँदा भीमफेदीमा एकै परिवारका ७ जना बिरामी
हेटौंडा । जंगली च्याउ खाएर मकवानपुरको भीमफेदी गाउँपालिका–६ उर्लाघारीका एकै परिवारका ७ जना बिरामी भएका छन् ।
च्याउ खाएर बिरामी हुनेमा ६५ वर्षीया मगंली माया स्याङ्तान, ३२ वर्षीया छोरा बुद्धिबहादुर स्याङ्तान, ३० वर्षीया पत्नी पासाङ माया स्याङ्तान, ७ वर्षीय छोरा लासाङ स्याङ्तान, १९ वर्षीया लक्ष्मीमाया स्याङ्तान, पार्वती स्याङ्तान र आरती स्याङ्तान छन् ।
मंगलीमाया स्याङ्तान र बुद्ध स्याङ्तानको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने अन्य ५ जनालाई थप उपचारका निम्ति भरतपुर पठाइएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बुधबार मंगलीमाया स्याङ्तानले जंगली च्याउ खोजेर ल्याएर पकाएकी थिइन् ।
जंगली च्याउ खाएर असार महिनामा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका एक बालकसहित ३ जना मृत्यु भइसकेको छ ।
जंगली च्याउ खाएर असार महिनाको १९ गतेसम्म मकवानपुरको राक्सिराङ,कैलाश, मकवानपुरगढी, बकैया र भीमफेदी गाउँपालिकामा गरेर २९ जना बिरामी भइसकेका छन् ।