आयुर्वेद केन्द्र मकवानपुरबाट ३३ हजारले सेवा लिए

संवाददाता
असार २०, २०८१

हेटौंडा । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरलाई अस्पतालको सेवा प्रदान गर्ने स्थान र जनशक्तिको अभावमा सेवा सञ्चालन गर्न कठिनाई भएको पाइएको छ ।

अस्पतालले प्रदान गर्दै आएको सेवाह सञ्चालनको लागि योगाहल, विशेषज्ञ जनशक्तिको अभाव रहेको बताइएको छ । अभावका बाबजुद चिकित्सालयले चालु आर्थिक वर्षको जेठ मसन्तसम्म ३२ हजार ९९१ जनालाई सेवा दिएको छ ।

स्थान अभावकै कारण ल्याब सेवा, फिजियोथेरापी सेवा र पन्चकर्म सेवा प्रदान गर्न समस्या भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुर कार्यलय प्रमुख डा।ललिता पाण्डेले बताइन् । यसैगरी अस्पतालमा सेवाग्राहीको माग अनुसार औषधि अभाव रहेको डा।पाण्डेले बताइन् ।

यस चिकित्सालको मातहतका कार्यालयअन्तरगत हटिया आयुर्वेदे औषद्यालयबाट २ हजार २३९, चुरियामाई औषद्यालयबाट १ हजार ३८०, काँकडा आयुर्वेद औषद्यालयबाट २ हजार ३००, नागरीक आरोग्य सेवाकेन्द्रबाट ९ हजार ३९२ जना र यस केन्द्रबाट १७ हजार ६८० जना बिरामीले सेवा लिएका छन् ।

यो चिकित्सालयलाई प्रदेश सरकारबाट चालुतर्फ १ करोड ८१ लाख र पुँजीगततर्फ १ लाख १० हजार रुपैयाँ विनियोजित भएको थियो । जसमा पुँजीतर्फ सतप्रतिशत र चालुतर्फ ७५ प्रतिशत प्रगति भएको डा।पाण्डेले बताइन् ।

यसैगरी संघीय बजेट मार्फत चालुतर्फ ३६ लाख ३० हजार र पुँजीगतमा १ लाख २२ हजार रुपैयाँ प्राप्त भएकोमा चालुतर्फ ९५ प्रतिशत प्रगति भएको उनले बताइन् । संघीय बजेटतर्फ पनि सतप्रतिशत पुँजीगत प्रगति भएको दाबी गरिएको छ ।

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मकवानपुरको आयोजनामा आयुर्वेद सेवाको प्रवद्र्धन गर्न स्थानीय पत्रकारसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा जिल्ला समन्वय अधिकारी सूर्यप्रसाद चापागाईं, पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, प्रेस चौतारी जिल्ला अध्यक्ष बालकृष्ण अधिकारीलगायत पत्रकारको उपस्थिति थियो । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका डा।साईरस न्यौपानेले पञ्चकर्म र तनाव व्यवस्थापन सीपबारे सहजिकरण गरेका थिए ।

समय र ऋतु अनुसार खानपान र जीवनशैली अपनाउन सकियो भने स्वस्थकर जीवन बिताउन सकिने डा।न्यौपानले बताए । हाल मकवानपुरको भीमफेदी र मकवानपुरगढी गाउँपालिका बाहेक अन्य ८ वटा स्थानीय तहमा आयुर्वेदिक औषद्यालय सञ्चालनमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*