चौघडामा दालमोठ र आलु चिप्स उत्पादनमा महिला समूह

संवाददाता
असार १२, २०८१

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–६, स्थित चौघडामा महिला समूहले दालमोठ र आलु चिप्स उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याएका छन् । १५ जना गृहिणी महिला मिलेर खाद्य उद्योगको अनुज्ञापत्र प्राप्त गरी सक्रिय महिला उद्योग सञ्चालनमा ल्याएका हुन् ।

हेटौंडा उपमहानगरपालिकाबाट आलु चिप्स र दालमोठ बनाउने सात दिने तालिम प्राप्त गरेपछि महिलाहरुले उद्योगको रुपमा लैजान आवश्यक प्रक्रिया अघि बढाइएको सक्रिय महिला उद्योगका अध्यक्ष अनुराधा उप्रेतीले बताइन् । तालिम लिइयो अब उद्योग सञ्चालन गर्नुपर्छ भन्ने सोचले उद्योग स्थापना गरिएको उनले बताइन् ।

सुचना श्रेष्ठले सात दिने आलु चिप्स र दालमोठ बनाउने तालिम दिएकी थिइन् । स्वारोजगार बनाउने उद्देश्यले उपमहानगरपालिकाले एक लाख बजेट विनियोजन गरि तालिम प्रदान गरिएको थियो ।

सक्रिय महिला समूह थियो, यसै नामलाई उद्योगमा परिणत गर्यौ, ऋधयक्ष उप्रेतीले भनिन् । उनले स्थानीय कच्चा पदार्थ प्रयोग गर्दै दैनिक १५ देखी द्द० किलो सम्म दालमोठ उत्पादन गर्ने गरेको बताइन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाबाट उद्योग सञ्चालनको अनुज्ञापत्र प्राप्त पश्चात मंगलबार पत्रकार सम्मेलन गर्दै उद्योग र उत्पादित वस्तुबारे जानकारी दिइएको थियो ।

सोही अवसरमा वडा ६ का अध्यक्ष विष्णबहादुर दहालले अनुज्ञापत्र उद्योगका अध्यक्ष उप्रेतीलाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण गर्दै अध्यक्ष दहालले उद्योगलाई आवश्यक पर्ने मेशिनरी वस्तुहरुका साथै बजारीकरणमा पनि साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उपमहानगरका सहकारी तथा उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले उत्पादनमा आधारित उद्योगलाई आगामी वर्षमा पनि साथ सहयोग गर्ने बताए । हाते मेशिनबाट उत्पादित वस्तु अब आगामी दिनमा मेशिनबाट वस्तुत उत्पादन गर्न सहयोग गर्ने बताए ।

उद्योग अहिले हेटौंडा– ६ रामनगरमा कोठा भाडामा लिएर संचालन गरिएको छ । उद्योगबाट बनाइएको आलु चिप्स १०० ग्रामको रु। एक सय र दालमोठ प्रतिकिलो पाँच सय रुपैयाँ मूल्य निर्धारण गरिएको जनाइएको छ ।

उद्योग अध्यक्ष उप्रेतीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, वडा सदस्य विजय पौडेल, लेखराज ढकाल तालिमका प्रशिक्षक सूचना श्रेष्ठ, शोभा श्रेष्ठ, महिला उद्यमी गीता मैनाली, हेटौंडा उपमहानगरका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*