हेटौंडाका टोलविकास संस्थाले दिए नगरमा प्लाष्टिक बन्द गर्ने स्वीकृति

संवाददाता
जेष्ठ २५, २०८१

हेटौंडा । हेटौंडा नगरमा रहेका टोल विकास सस्थाहरुले उपमहानगरक्षेत्रभित्र प्रदुषणको मुख्य श्रोतको रुपमा रहेको प्लाष्टिकजन्य बस्तु प्रयोग बन्द गर्न स्वीकृति दिएका छन् ।

टोल विकास संस्थाले प्लास्टिकजन्य बस्तु प्रयोगमा प्रतिबन्ध लगाउने तयारीमा नगरको अभियान कति सफल होला त्यो समयले बताउनेछ । बुधबार ५२ औं विश्व वातावरण दिवसको सप्ताहव्यापी कार्यक्रम समापनमा नगरप्रमुख मीनकुमारी लामाले प्लाष्टिक बन्द गर्दा के हुन्छ रु टोल विकास संस्थाले सहयोग गर्छ रु भन्दै गरेको प्रश्नमा सहभागीले गछौं भनि स्वीकृति जनाएका थिए ।

टोल विकास सस्थाको स्वीकृतिपछि नगरप्रमुख लामाले प्लाष्टिकको प्रयोग रोक्नका लागि आगामी आर्थिक वर्षमा कार्यबिधि बनाएर अघि बढ्ने बताइन् ।

पोलिथिनको प्रयोगले मानवस्वास्थ्यमा पार्ने नकारात्मक असरका बारेमा अधिकतम बहस गर्ने र प्रतिबन्ध लगाउनु अगाडि बैकल्पिक उपायमा नगरबासीलाई अभ्यस्त बनाउने कार्यमा नगरपालिकाले कति पहल गर्छ त्यसमा भर पर्ने बिज्ञहरु बताउँछन् ।

तत्कालीन नगरप्रमुख डोरमणि पौडेलले २० माइक्रोन भन्दा पातला पोलिथिन बन्द गर्न निकै चुनौती भोग्नु परेको थियो । कालो रंगको पोलिथिन प्रतिबन्ध लगाउने नगरको रुपमा पहिचान बनाएको हेटौंडालाई पोलिथिन नै मुक्त गर्न सजिलो भने पक्कै छैन ।

बारम्बार प्लाष्टिकको प्रयोग रोक्नका लागि नगरले काम गर्नुप¥यो भनेर दवाब थियो, अहिले टोल विकास संस्थामा आवद्ध सबै नगरबासीको सहयोग हुने भएपछि उपमहानगर तयार भएको बताइन् ।

टोल विकास संस्थाहरुको सक्रियताका कारण उपमहानगर देशमै सफा सहरको रुपमा चर्चामा रहँदै आएको अवस्थमा अब फेरि नयाँ कामका लागि दिएको स्वीकृतिले नगरको पहिचान फरक ढंगबाट अघि बढ्ने बताइन् ।

नगरमा पोलिथिन प्रयोगको बिकल्पमा हालसम्म चालिएका कदम प्रभावकारी देखिएको छैन । वातावरण दिवसको समयमा मात्रै पोलिथिनको प्रयोगलाई नकारात्मक रुपमा ब्याख्या गर्दैगर्दा नगरबासीको आदतमा परिवर्तन हुनेवाला छैन ।

पोथिनको प्रयोग मानवस्वास्थ्यका लागि कति हानिकारक छ रु भन्ने विषयमा ब्यापक बसह चलाइनु जरुरी छ । दिवसको अवसरमा नगरलाई सफा र सुन्दर बनाउँनका लागि सफाईमा खटिने १५ जना कर्मचारीलाई नगद सहित सम्मान गरिएको थियो ।

वातावरण दिवसको अवसरमा हेटौंडा–६ को रक्षादेवी टोल विकास सस्थालाई नमूना टोल घोषणा गरिएको छ भने वातावरण सम्मान हेटांैडा–६ को नवजीवनज्योति क्लबलाई प्रदान गरिएको थियो ।

सप्ताहव्यापी कार्यक्रम समापन पूर्व भएको ¥यालीमा हेटौंडा–८ को मनकामना टोल विकास संस्था प्रथम, हेटौंडा–११ को सिमलटार टोल विकास सस्था द्वितीय र हेटौंडा–८ को विकास टोल विकास संस्था तृतीय भएका छन् ।

उनीहरुले क्रमश २०, १५ र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । ¥यालीमा सहभागी रहेका संघ÷सस्थामध्येबाट स्वर्गद्वारी पञ्चेबाजा महिला समूह, नेवा सांस्कृतिक पुचः र सामुदायिक विकास सचेतना नेपाललाई प्रोत्साहनस्वरुप नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

टोल विकास संस्था नगरसमन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री केशब पोखरेल, खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकालाल श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान, नेपाली काग्रेस मकवानपुरका सभापति बुद्ध लामा, एमाले मकवानपुरका सचिव सीता बिष्ट, राप्रपा नेपाल मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा, नगरका बिभिन्न वडाका अध्यक्षहरुलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*