इच्छा विपरित रङ्ग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ नछ्याप्न जिप्रका मकवानपुरको आग्रह

संवाददाता
२०८० चैत्र १०, शनिबार १७:५२

हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले होलीलाई सभ्य, शिष्ट र मर्यादित रुपमा मनाउन आग्रह गरेको छ । प्रशासनले भोलि चैत्र ११ गते आइतबार पर्न गएको फागु पूर्णिमा (होली पर्व) को अवसरमा समस्त नागरिकहरुप्रति शुभकामना दिँदै यस्तो आग्रह गरेको हो ।

साथै प्रशासनले कसैको इच्छा विपरित रङ्ग, लोला, पानी तथा अन्य कुनै पनि पदार्थ छ्याप्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, सार्वजनिक स्थलहरुमा हो–हल्ला गर्ने र कुनै पनि व्यक्तिको निजी जीवनमा नकारात्मक असर पर्ने खालका गतिविधिहरु नगर्न÷नगराउनु भनिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*