हेटौंडामा ‘हाम्रो कौसी र करेसाबारी क्रान्ति’ अभियान

संवाददाता
२०८० फाल्गुन २७, आईतवार ०७:३०

हेटौंडा/हेटौंडामा हाम्रो कौसी र करेसाबारी क्रान्ति अभियान सुरु भएको छ । देशभरका सबै जिल्लामा सञ्चालन भइरहेको अभियान हेटौंडामा पनि सुरु भएको हो ।
शनिवार हेटौंडामा तरकारी तथा फलफुल वितरण गर्दै अभियानको शुरुवात भएको हो । बोडि , सिमि , लौका , काँक्रो , घिरौंला , फर्सी , डल्ले खुर्सानी , सागको विउ , ड्रागन फुडलगायत १५ वटा भन्दा धेरै विउ बिजन वितरण गरिएको थियो । वितरण गरिएका सबै विउ विजन अभियानमै रहेर कौसीमा खेती गर्ने विभिन्न जिल्लाबाट उपलब्ध गराएको अभियानकर्ता अन्जिता श्रेष्ठले बताईन् ।
पारिको हैन , आफ्नै बारीको खाउँ भन्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको अभियानका संम्योजक अरुणा सिंहले बताईन् । सबै शहर केन्द्रित रहेको र खेतवारी नभएकोहरुका लागि छतमै तरकारी खेती गरेर खाना सकिन्छ भनेर बिउ विरतण गरिएको उनले बताईन् ।
उनका अनुसार अभियानमा जुटेका सम्पुर्ण अभियानकर्ताहरुलाई बिउ वितरणसँगै खेती गर्न र मल बनाउनसमेत तालिम दिने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*