मकवानपुरे ‘एक से एक’ सहकारी अभियान्ता नामक पुस्तक विमोचन

संवाददाता
फाल्गुन २५, २०८०

हेटौँडा/जिल्ला बचत संघ मकवानपुरको मकवानपुरे ‘एक से एक’ सहकारी अभियन्ता नामक पुस्तक सार्वजनिक भएको छ । शुक्रवार अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित समारोहमा हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले पुस्तकको विमोचन गरेका हुन् ।
पुस्तकको विमोचन गर्दै प्रमुख लामाले महिलाहरुको स्थिती र परिस्थीतिलाई सहकारीले ठुलो भुमिका खेलेको बताईन् । आर्थिक रुपमा केहि गर्छ भन्ने महिलाहरुलाई सहकारीले साथ दिएको बताउँदै लामाले उत्पादनमा लगानी गर्न आग्रह गरिन् । प्रमुख लामाले पछिल्लो समय सहकारीमा चुनौती देखिएको भन्दै त्यसको समाधान गर्न स्थानीय सरकार सधै तयार रहेको बतार्र्ईन् ।
पुस्तकमा ‘एक से एक’ सहकारी अभियान्ताका भोगाईका कथा समेटिनुका साथै सफलताको चर्चा पनि भएको छ । सहकारीका अध्यक्ष, व्यवस्थापक र सहकारीकर्मी गरी ५० जनाको भोगाई तथा संघर्षलाई पुस्तकमा समेटिएको जिल्ला बचत तथा क्रृण सहकारी संघकी अध्यक्ष कल्पना श्रेष्ठले बताईन् ।
सबै सहकारीकर्मीको कार्यकुशलतामा ‘एक से एक’ रहेकाले विभेद नगरी पुस्तकको नामाकरण नै सोही अनुसार गरिएको अध्यक्ष श्रेष्ठले स्पष्ट पारिन् । पुस्तक मूल्य पाँच सय राखिएको छ । पुस्तक बिक्रिबाट प्राप्त रकम कोषमा राखिने अध्यक्ष श्रेष्ठले जानकारी दिईन् ।
कार्यक्रममा पुस्तकको विवेचना मकवानपुर बहुमुखि क्याम्पस समाजशास्त्री विभाग प्रमुख रामेश्वर बराल र आँचल साहित्य कला पुञ्जकी अध्यक्ष भावना सापकोटाले गरेको थियो ।
पुस्तक प्रकाशनका लागि प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, ईन्द्रसरोवर गाउँपालिका, राष्ट्रिय वीमा संस्थान लगायत संघसंस्थाहरुको सहयोग रहेको संघले जनाएको छ । विमोचन कार्यक्रममा बागमती प्रदेश सहकारी विकास वोर्ड , मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायण प्रसाद देवकोटा , राष्ट्रिय सहकारी महासंघ लिमिटेकाका संचालक बद्रि प्रसाद लम्साल , इन्द्रसरोवर गाउँपालिकाका उपाध्यक्ष उमा लामा , जिल्ला समन्वय समिति मकवानपुरका पुर्व उपप्रमुख भगवती पुडासैनी , भिमफेदी गाउँपालिकाका पुर्व उपाध्यक्ष पार्वती राना , हेटौंडा वडा–११ की वडा अध्यक्ष जुना दाहाललगायतको आतिथ्यता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*