२१ जना महिलाले गरे रक्तदान

संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १०:३५

हेटौंडा । अखिल नेपाल महिला संघ (अनेमसंघ) मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जना महिलाले रक्तदान गरेका छन् । १ सय १४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार अनेमसंघ मकवानपुरले रक्तदान कार्यक्रम गरेको हो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अनेमसंघले सप्ताहाव्यापी कार्यक्रम आयोजना गरि मनाउँदैछ । साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार रक्तदान आयोजना गरिएको अनेमसंघ मकवानपुरकी अध्यक्ष सुमित्रा काफ्लेले बताइन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अनेमसंघले मंगलबार दिउँसो स्लो स्कुटी रेस कार्यक्रम गर्ने काफ्लेले जानकारी दिइन् ।

यसैगरी क्याम्पसस्तरीय वक्तृत्वकला, महिला अधिकारको विषयमा अन्तरक्रियालगायतका कार्यक्रम आयोजना गर्ने उनले बताइन् । “समान सहभागिता र सशक्तीकरणका लागि महिलामा लगानी” भन्ने मूल नाराका साथ यस वर्ष अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।

अनेमसंघ मकवानपुरकी अध्यक्ष काफ्लेको अध्यक्षता तथा अनेमसंघ स्थायी कमिटी सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज पद्मा पौडेलको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय कमिटी सदस्य जुनेली श्रेष्ठ, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, केन्द्रीय कमिटि सदस्य पार्वती राना, जिल्ला कमिटि सदस्य आरती पाठक लगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*